कृषि सामग्री कम्पनी लिमिटेडले बाँकी चार वर्ष भारत सरकारसँग मल खरिद गर्ने
![](http://nepalekhabar.com/wp-content/uploads/2017/12/Fertilizer.jpg)
काठमाडौं,भदौ १४ गते। बाँकी चार वर्षका लागि जी टु जी प्रावधानअन्तर्गत भारतबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलई तोक्ने निर्णय भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहार कार्कीले भारतबाट मल खरिदका लागि बाँकी चार वर्षको अवधि पनि कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय भएको बताउनुभयो।
भारत सरकारसँग हस्ताक्षर भएको समझदारीपत्रमा भएको व्यवस्था बमोजिम यो प्रकृया अघि बढेको हो। सरकारले गत वर्ष पाँच वर्षका लागि भारतबाट मल खरिद गर्ने गरी जी टु जी प्रकृयामा हस्ताक्षर गरेको थियो। त्यति बेला नै मन्त्रिपरिषद् बैठकले एक वर्षका लागि मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेलाई तोकेको थियो।
एक वर्षको अवधि असार मसान्तमै सकिएकाले खरिदको बाँकी चार वर्षको सबै अवधि कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय भएको हो। अब कृषि सामग्री कम्पनी लिमिटेडले जी टु जी प्रकृयाबमोजिम चार वर्षका लागि भारत सरकारसँग वार्ता गरेर मल खरिद गर्नुपर्ने छ।