• Saturday, April 05, 2025

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

काठमाडौं, कात्तिक १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गर्नुभएको छ।

काठमाडौं महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगेर उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभयो। आइतबार नै राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण भएको छठ पूजास्थलमा सूर्यसहित छठी माताको पूजा गर्नुभएको थियो ।

पूजास्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षासेवी, उद्योगी व्यवसायीलाई सम्मान गर्नुभएको थियो। पूजास्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो।

ललितपुरको कुपण्डोलमा छठपूजा

नेपालीको ठूलो चाड दशैं र तिहार मनाएसँगै छठ पर्वको मनाइएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ।

ललितपुरको कुपण्डोलमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । सोमबार बिहान उदाउँदो सूर्यको पूजा गरेपछि छठ सकिने छ।अस्ताउँदो सूर्यलाई पूजा गर्ने भएता पनि कुपण्डोलमा ३ बजे देखिनै पूजा गर्ने थालिएको थियो। पूजा गर्ने ठाउँ सानो तलाउ बनाइएको कारण पालो नपुग्ने हुँदा छिट्टै पूजा थलिएको थियो। उपत्यकामा कुपण्डोल बाहेक कमल पोखरी, गौरीघाट, मनोहरा, टेकु लगायत क्षेत्रमा पूजापाठ गरेर छठपर्व मनाइएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter