अर्थतन्त्र दलदलमा फस्ने चेतावनी

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल उद्योग परिसङ्घले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अर्थतन्त्रका विद्यमान समस्या सम्बोधन गर्न नेपाल राष्ट्र बैङ्क चुकेको जनाएको छ ।

वाणिज्य बैङ्कको औसत ब्याजदर अन्तर ४.४ बाट ४ प्रतिशत तथा विकास बैङ्क र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्ने, भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पु¥याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिने भने पनि यसले मात्रै उद्योगी व्यवसायीको समस्या समाधान नहुने परिसङ्घले जनाएको हो । ‘यसको ठोस कदमको अभावमा उद्योगी व्यवसायीको समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा चुकेको छ,’ परिसङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अर्थतन्त्रको हालको प्रमुख समस्या बढ्दो ब्याजदर, तरलता व्यवस्थापन तथा समग्र मागमा कमी भएको चर्चा गर्दै परिसङ्घले अर्थतन्त्रलाई दिगो बनाउन नयाँ लगानी बढाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

उद्योगी व्यवसायीको मनोबल एवं लगानी बढाउनुपर्ने आजको आवश्यकता भएको चर्चा गर्दै विज्ञप्तिमा अर्थतन्त्र मन्दीको दलदलमा फस्ने चेतावनी दिएको छ । विद्यमान समस्याको समाधान गर्न त्यस क्षेत्रमा गएको कर्जाको बैङ्कको तजबिजीमा एक पटकका लागि पुनर्संरचना, पुनर्तालिकीकरण र पुनर्कर्जाको सुविधा दिन आवश्यक रहेको परिसङ्घले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter