गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

सन्तोष राउत / सोलुखुम्बु, मङ्सिर १७ गते । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय सल्लेरीले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ टाक्सिन्दुमा एक सय जना बृद्धबृद्धालाई गाउँमै सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो ।

बैङ्कले वडा कार्यालयको समन्वयमा एक दिने सामाजिक सुरक्षा भत्ता वितरण तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । ग्राहकको ग्राहक पहिचान फारम भर्ने, नयाँ खाता खोल्ने तथा रकम बचत गर्ने काम पनि गरेको बैङ्कका शाखा प्रबन्धक चित्रबहादुर खड्काले जानकारी दिनुभयो ।

त्यस अवसरमा वित्तीय सम्बन्धी साक्षरता समेत प्रदान गरिएको उहाँले बताउनुभयो । भौगोलिक रूपमा सदरमुकाम आउन टाढा रहेकाले ज्येष्ठ नागरिकलाई सहज सेवा प्रदान गर्न गाउँमै सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

यस अघिसम्म दिनभरि लगाएर सकीनसकी सदरमुकाम सल्लेरी पुगेर भत्ताको रकम ल्याउने गरेकोमा गाउँमै भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । भत्ता बुझ्नका लागि एक दिनको दूरीमा सदरमुकामसम्म यात्रा गर्न नपरेको ८६ वर्षीय लाक्पा शेर्पाले खुसी व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter