अपाङ्गता भएकाहरुलाई सामग्री वितरण

गोकर्ण पौडेल / तुलसीपुर, पुस १ गते । अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सामग्री वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सो सामग्री वितरण गरिएको हो ।

उहाँहरुलाई ११ थान ह्वील चेयर, ११ थान वैशाखी, २ थान छडी र ७ थान सेतो छडी वितरण गरिएको छ । त्यस्तै, एल कर्ची थान १ पनि वितरण गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा ती सामग्री वितरण गरिएको हो ।

सामग्री वितरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपाङ्गता भएका व्यक्तिहरुका लागि दैनिक जीवनयापनमा सहज हुने बताउनुभयो । उहाँले अपाङ्गमैत्री भवन निर्माण भएको र त्यसमा संरचना थप्ने तयारी भइरहेको बताउनुभयो । त्यसको संयोजन राप्ती बहिरा संघले गरेको थियो । वडा कार्यालयको सिफारिसमा ती सामग्री सम्बन्धित व्यक्तिहरुलाई वितरण गरिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter