• Saturday, April 12, 2025

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौँ / पुस १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दीप बालेर विमानस्थलको उद्घाटन गरेका हुन् ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थमन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । तर आइतबार उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने टुंगो छैन ।

समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको छ । महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह गरेको हो । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका शंकरराज पाठक पनि समारोहमा उपस्थित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter