६ करोड लगानीमा फार्म : दैनिक १५ हजार अण्डा उत्पादन

अमरराज नहर्की / तनहुँ, पुस १७ गते । तनहुँको म्याग्दे गाउँपालिका –६ धैरेनीमा लेयर्स पोल्ट्री फार्म खोलिएको छ  । अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपियाँ लगानी गरेर फार्म सञ्चालनमा ल्याउनुभएको हो । उहाँहरूले ५३ रोपनी जमिनमा ‘त्रिदेव पोल्ट्री फार्म’ सञ्चालन गर्नुभएको छ । फार्ममा नौ जनाले रोजगारी पाएका छन् । सो फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुँदैआएको सञ्चालकले बताएका छन् ।

फार्ममा रहेका १९ हजार कुखुराबाट दैनिक सो सङ्ख्यामा अण्डा उत्पादन हुँदैआएको सञ्चालक थापाले बताउनुभयो । फार्ममा रहेका ८० प्रतिशत कुखुराले अण्डा दिने भएकाले १५ हजार अण्डा उत्पादन हुनेगरेको थापाले जानकारी दिनुभयो ।

बढ्दो बसाइँ सराइले गाउँको पाखोबारी बाँझो हुनेक्रम बढेपछि सदुपयोग गर्न ६ वर्ष अघिदेखि फार्म सञ्चालनमा ल्याएको अर्का सञ्चालक पौडेलले जानकारी दिनुभयो । उत्पादित अण्डा पोखरा, काठमाडौं र चितवनमा बिक्री हुनेगरेको उहाँले बताउनुभयो ।

उत्पादनको आधारमा कृषकलाई दाना खरिद र ढुवानीमा अनुदान दिने हो भने कुखुरा र अण्डा भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिने र कृषक पनि लाभान्वित हुने सञ्चालक थापाको भनाइ छ ।

अण्डा उत्पादन र चल्ला हुर्काउने ज्ञान आफूसँग भएकाले व्यवसाय सञ्चालन गर्न सहज भएको उहाँले जानकारी दिनुभयो । सञ्चालकद्वय नमुना कृषक भएको र उहाँको माग चाँडै नै पूरा गर्ने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter