राष्ट्रिय योजना आयोगद्वारा ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ पुस्तक सार्वजनिक

काठमाडौं, पुस १९ गते । राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ पुस्तक सार्वजनिक गरेको छ ।

पुस्तकबाट आर्थिक तथ्याङ्कको उत्पादन तथा प्रयोग गर्दा अपनाउनुपर्ने वैज्ञानिक विधिको सुनिश्चितता, नागरिकसामु सलर तरिकाले बुझिनेगरी आर्थिक सूचनाहरु प्रवाह गर्दा ध्यान दिनुपर्ने कुराको जानकारी पाइने आयोगको अपेक्षा छ ।

वैज्ञानिक तथ्याङ्कको लेख रचना कसरी गर्ने, तुलनात्मक अध्ययनमा तथ्याङ्क कसरी प्रयोग गर्ने, तथ्याङ्क विश्लेषण र प्रस्तुति कसरी गर्ने भन्ने सन्दर्भमा यस पुस्तिका बढी उपयोगी हुने आयोगले जनाएको छ ।

यस पुस्तकमा सूचना निर्माण गर्दा आवश्यक पर्ने तथ्याङ्कको स्रोत, तयार गर्ने विधि, ध्यान दिनुपर्ने कुरालगायतका विषयलाई वास्तविक तथ्याङ्कमा आधारित उदाहरणसहित व्याख्या गरिएको छ ।

मुख्य रुपमा चार भागमा विभाजन गरिएको यस पुस्तकको पहिलो भागमा तथ्याङ्क संवादात्मक बनाउने विधि, दोस्रो भागमा सङ्ख्यालाई लेखमा रुपान्तरण गर्ने विधि, तेस्रो भागमा प्रमुख आर्थिक सूचकहरुको परिचय र चौथो भागमा सार्वजनिक नीतिका सवालहरुमा तथ्याङ्कको प्रयोगबारे वर्णन गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance

Teacher quits job and takes to kiwi cultivation




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter