आयोगको जरिवानाविरुद्ध बालेन्द्र साहद्वारा सर्वोच्चमा निवेदन

काठमाडौं, पुस १९ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेस गर्नुभएको छ । मङ्गलबार प्रमुख साहले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन पेस गर्नुभएको हो ।

वैशाख ३० गते सम्पन्न चुनाव खर्च ढिलो गरी बुझाएको भन्दै निर्वाचन आयोगले प्रमुख साह लगायतलाई जरिवाना तोकेको थियो ।

आयोगले प्रमुख साहलाई सात लाख ५० हजार रुपियाँ जरिवाना तोकेको थियो । त्यस्तै, सात लाख ५० हजार रुपियाँ चुनाव खर्च गर्न पाउने भए पनि आफूले तीन लाख ९४ हजार ४८९ रुपियाँ मात्रै खर्च भएको विवरण साहले आयोगमा बुझाएको बताउनुभएको छ ।

‘आयोगको बैठकको निर्णयमा १,२३,६२४ जना उम्मेदवारलाई जरिवाना गर्ने र त्यस्तो जरिवाना रकम नबुझाउने व्यक्तिलाई छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने भनिएको छ ।,’ साहले सर्वोच्चमा पेस गर्नुभएको निवेदनमा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance

Teacher quits job and takes to kiwi cultivation




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter