• Tuesday, April 22, 2025

सुन्तला खेती गर्ने कृषकलाई घुम्ती तालिम

शेरबहादुर राई / ओखलढुङ्गा, पुस २० गते । सुन्तला खेती गर्ने सिद्धिचरण नगरपालिकाका किसानलाई स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको छ । सुन्तला जातको फलफूल बगैँचा व्यवस्थापन तथा रोग कीरा नियन्त्रणका लागि स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको हो । वडा १२ का किसानलाई तालिम दिइएको वडाध्यक्ष उमङ्ग श्रेष्ठले बताउनुभयो ।

स्थलगत घुम्ती तालिममा कृषकलाई सुन्तला जातको बगैंचा काँटछाँट तथा मलखाद व्यवस्थापन, सुन्तलामा लाग्ने औँसा लगायत अन्य किराको नियन्त्रण, बार्डो मिश्रण तथा बोर्डो पेस्ट तयारीबारे प्रयोगात्मक साथै व्यावहारिक जानकारी दिइएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका निमित्त कार्यालय प्रमुख हेमबहादुर आलेले बताउनुभयो ।

सुन्तलाको भण्डारण तथा बजार व्यवस्थापनसम्बन्धी तालिम पनि दिइएको आलेको भनाइ छ । तालिममा २५ जना कृषक सहभागी हुनुभएको थियो । आगामी दिनमा आवश्यकता अनुसार अन्य वडा तथा क्षेत्रका किसानलाई पनि स्थलगत घुम्ती तालिमको आयोजना गरिने कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ ।

पाँच करोडको सुन्तला उत्पादन

यसैवीच ओखलढुङ्गामा पाँच करोड रुपियाँ बराबरको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको तथ्याङ्कअनुसार जिल्लामा यस वर्ष पाँच करोड बराबरको सुन्तला उत्पादन भएको हो । तथ्याङ्कअनुसार २६७ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट ८५० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका कृषि अर्थविज्ञ गणेश अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्ष २०७९-८० मा २६ मेट्रिक टन बढी सुन्तला फलेको छ । आर्थिक वर्ष २०७८-७९ मा ८२४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष उत्पादन भएको सुन्तला प्रतिकिलो ६० रुपियाँका दरले बिक्री गर्दा पाँच करोडभन्दा बढी रकमको हुने कार्यालयका निमित्त प्रमुख हेमबहादुर आलेले बताउनुभयो ।

सुन्तला बोटमै अहिले ६० देखि ८० रुपियाँ प्रतिकिलोका दरले बिक्री भइरहेको आलेको भनाइ छ । स्थानीय बजारमा सुन्तला प्रतिकिलो ८० देखी १२० रुपियाँमा बिक्री भइरहेको छ । समयमै पानी परेको र रोग कीरा कम लागेका कारण सुन्तला जातको फलफूलको उत्पादन बढेको निमित्त कार्यालय प्रमुख आलेले जानकारी दिनुभयो । जिल्लाको सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ र सुनकोशी गाउँपापलिकाको माथिल्लो क्षेत्रमा सुन्तला खेती गरिन्छ । विगतका वर्षमा प्रशस्त सुन्तला उत्पादन हुने क्षेत्र मानेभञ्ज्याङ गाउँपालिकाको उबु, वाक्सा, उदयपुर र माधपुर क्षेत्रमा सुन्तला मासिँदै गएको पनि कार्यालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter