• Tuesday, April 22, 2025

राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’को अवलोकन

काठमाडौं, पुस २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नु भएको छ । राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर शनिबार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहाल पोखरीको पनि रुचिपूर्वक अवलोकन गर्नु भएको हो ।

त्यस अवसरमा उहाँलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले स्वागत गर्नु भएको थियो । पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीले २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान लिनु भएको थियो भने स्वस्थानी व्रत कथा, गरुड पुराणलगायतका पुस्तकहरूको ब्रिफिङ रुचिपूर्वक सुन्नु भएको ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले जानकारी दिनु भयो ।

‘‘उहाँले स्वस्थानीको किताब र गरुड पुराणदेखि लिएर थुप्रै पुस्तकबारे ब्रिफिङ गर्नुभयो । त्यसपछि उहाँले त्यसको ध्यानपूर्वक अवलोकन गर्नु भयो । उहाँले निकै चासो राखेर पढ्नु भयो र २०१५ सालको चुनाव हुँदाखेरिको चाहिँ नेपाल कम्युनिष्ट पार्टीको मेनेफेस्टो पनि त्यहाँ रहेछ ।,’’ प्रमुख महर्जनले भन्नुभयो, ‘‘त्यो चाहिँ उहाँले एक कपी लिनुभयो । यहाँ आउने चाहना राष्ट्रपतिज्यूले धेरै अघिदेखि गर्नु भएको थियो ।’’

मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ८५ हजार भन्दा बढी पुस्तकहरूको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा सञ्चालित पुस्तकालय हो । यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघिदेखिको चाहना रहेको र त्यो कोभिड लगायतका कारणले ढिलाइ हुन गएको पनि प्रमुख महर्जनको भनाइ छ ।

यसैबीच, राष्ट्रपति भण्डारीले ललितपुरमै रहेको पिम्बहाल पोखरीको पनि अवलोकन गर्नु भएको थियो । त्यस अवसरमा उहाँलाई मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले रचना गर्नु भएको धुन बजाएर सुनाइएको थियो भने उहाँले त्यसलाई ध्यानपूर्वक सुन्नु भएको थियो ।

राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार बिदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गर्नु भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter