इलामको सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुने

प्रेम अधिकारी / इलाम, पुस २५ गते । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति भएको हो ।

उडानका लागि चाँडै मिति तय हुने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो । ‘माघ १ देखि सातामा एक उडान भर्नेे सहमति भएको छ, बार र समयको निश्चित आज नै हुँदैछ’ नगर प्रमुख थापाले भन्नुभयो । आज नेपाल वायुसेवा निगमका कर्मचारी इलाम आएपछि सबै टुङ्गो लाग्ने थापाले जानकारी दिनुभयो ।

उक्त विमानस्थलमा प्रारम्भमा तारा एयरले इलाम नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रुपमा उडान बन्द गरेको थियो । इलाम नगरपालिकाको पहलमा फेरि नेपाल वायुसेवा निगमले उडान सुचारु गर्ने भएको छ ।

इलाममा पाँचथर, ताप्लेजुङसहित भारतको दार्जिलिङसम्मका यात्रुले सेवा पाउने भएका कारण निगमलाई नियमित उडान गर्न आह्वान गरिएको थापाले बताउनुभयो ।

पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले उडान गरेको हो । इलामबाट करिब १ घण्टाको उडान अवधिमा काठमाडौं पुगिन्छ । निगमले भाडा दर आजै निर्धारण गर्नेछ ।

फाल्गुनन्द विमानस्थल निर्माणका २० वर्षपछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको ट्वीनटर विमानले परीक्षण उडान गरेको थियो । इलाममा ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ । २०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter