• Tuesday, April 22, 2025

मतदाता नामावली सङ्कलन थालिने

काठमाडौँ, पुस २६ गते । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ। अब भने ७७वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अनलाइनमार्फतै हुने भएको छ।

आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले माघ २ गतेबाट नामावली दर्ता प्रक्रिया सुरु हुने बताउनुभएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि साउन १९ गतेदेखि मतदाता नामावली दर्ता स्थगित भएको थियो।

नामावली दर्ता प्रक्रिया सुरु हुँदा बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन (आउट डोर रजिस्ट्रेसन) गर्न, आफ्नो मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित अनलाइन नै आवेदन दिन सकिने व्यवस्थित गरिएको छ।

साथै निर्वाचन आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारको कुनै सदस्यले प्रमाणपत्रसहित निर्वाचन कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter