नेपालको अर्थतन्त्र सुधारतर्फ

विष्णु पाण्डेय / काठमाडौं, पुस २९ गते । नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनाको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्रको अवस्था सुधार देखिएको छ ।

पाँच महिनाको समीक्षा अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोडले घाटामा रहेको थियो ।

अमेरिकी डरलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

राष्ट्र बैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुद्रास्फिति ७.३८ प्रतिशत रहेको छ । आयात २०.७ प्रतिशतले घट्दा निर्यात ३४.६ प्रतिशतले कमी आई ६७ अर्व ३० करोड भएको छ ।

अघिल्लो वर्षको सोही समयमा पछिल्लो पाँच महिनामा १०५.६ प्रतिशतले बढेको थियो । गन्तव्यको आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३.७ प्रतिशत र ३५.९ प्रतिशत कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ ।

चाालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा भित्रने रेमिट्यान्स २३ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, अलैंची, चियालगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९-८० को पाँच महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई छ खर्ब ६४ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो ।

चालु अर्थिक वर्षको पहिलो पाँच महिनामा संघीय सरकारको कुल खर्च चार खर्ब ३५ अर्ब २१ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय खर्चतर्फ क्रमशः तीन खर्ब ५४ अर्ब २६ करोड, ३३ अर्ब ९९ करोड र ४६ अर्ब ९६ करोड छ ।

यस अवधिमा संघीय सरकारको राजश्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँड हुने रकम समेत) गरी तीन खर्ब २६ अर्ब ८९ करोड भएको छ । यसअन्तर्गत कर राजश्वतर्फ तीन खर्ब एक अर्ब ४६ करोड र गैर कर राजश्वतर्फ २५ अर्ब ४३ करोड परिचलन भएको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाइजहाजका स्पेयर पार्टस्लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एमएस विलेट, चाँदी, औषधी, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter