विकास निर्माण कार्य समयमै सम्पन्न गर्ने लिखित प्रतिबद्धता

काठमाडौं, पुस २९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माण कार्यलाई महत्त्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित संयुक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । उक्त कार्यक्रममा मन्त्री श्रेष्ठलगायत मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा विभिन्न आयोजना प्रमुख र निर्माण व्यवसायीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । त्यसलाई चिर्ने गरी निर्माण व्यवसायीको प्रतिष्ठा र गुणस्तरीय विकास सबैको साझा विषय रहेको र यसलाई सिस्टमअन्तर्गत रहि विकास निर्माणमा अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आमुक सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भएगरेका सहज र जटिलताबारे मौखिक रुपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले आ–आफ्ना ठेक्कामा रहेका आयोजना तोकिएकै समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिबद्धता आयोजनाका निर्माण व्यवसायीको छ ।

कार्यक्रममा निर्माण व्यवसायी तुदि–प्रेरा जेभीले महांकाल भृकुटीचोक तेन्जीङचोक फैका आनीगुम्वा चपली बुढानिलकण्ठ सडक २०७९ साल माघ मसान्तसम्म सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

यसैगरी, निर्माण व्यवसायी दिवा–शैलङ्ग जेभीले साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडक फागुन १५ गतेसम्म सम्पन्न गर्ने, शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रालिले आकाशेधारा राममन्दिर, कृष्णमन्दिर सडक फागुन १५ गतेसम्म सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

आशिष सिएम जयवावा जेभीले सीतापाइला रामकोट भिमढुङ्गा सडक माघ मसान्तसम्म, महालक्ष्मी/वर्डवाईड भण्डार धोदुङ जेभीले पेप्सिकोला ब्राहखेल सडक २०८० असार मसान्तसम्म र महालक्ष्मी/वर्डवाईड भण्डार धोदुङ जेभीले मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक निर्माण आगामी माघ मसान्तभित्र कालोपत्रे गर्ने प्रतिवद्धता जनाएको छ ।

यसैगरी, भक्तपुर जिल्लाको कमलविनायक बसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य श्री लोहनी एण्ड ब्रदर्श/लालीगुराँस जेभीले तोकिएकै समयमा सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेको छ ।

साथै, श्री लामा विल्डर्स/साल्पा शेर्पा/जय बाबा गोरख जेभीले मनोहरा खोला पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आर.सी.सी. तथा पहुँच सडक निर्माण कार्य, श्री सुनौला खिम्ती कन्स्ट्रक्सनले हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य र श्री सुनौला खिम्ती कन्स्ट्रक्सनले लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य तोकिएकै समयमा सम्पन्न गर्ने जनाएको छ ।

त्यस्तै। ललितपुर जिल्ला आयोजना भइरहेको पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड निर्माण व्यवसायी महर्जन निर्माण सेवाले आगामी चैत मसान्तभित्र (पुल बाहेक)का निर्माण कार्य सकिने जनाएको छ ।

ड्रागन–महर्जन जेभी, काठमाडौंले अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी डुकुछाप दक्षिणकाली रोड चैत मसान्तभित्र, पि.एम/महर्जन जेभीले अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङग्–मानेदोभान रोड, रानीवन कन्स्ट्रक्सन, काठमाडौंले स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर म.न.पा. १५, खुमलटार, युलेन्स स्कुल (पुरानो) जाने सडक, ललितपुर चैत्र मसान्तसम्म सक्ने जनाएको छ ।

साथै निर्माण व्यवसायी महर्जन निर्माण सेवा, ललितपुरले कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला २०८० असार मसान्तसम्म सक्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा निर्माण व्यवसायीले सम्पन्न गरिसकेका र नसकेका आयोजनाबारे छलफल भएको छ । छलफलमा पछिल्लो प्रकृतिका आयोजनाको सन्दर्भमा समय सीमाभित्र सम्पन्न नभएका तर त्यसलाई स्थानीय तहले सम्पन्न गरिसकेको अवस्थाका आयोजनालाई लिएर निर्माण व्यवसायी र डिभिजन सडकबीच फरफारक गर्न दुवै पक्ष सहमत भएको जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter