मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने

काठमाडां, माघ ४ गते । नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ ।

मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार गर्ने टेलिकमले जनाएको छ ।

टेलिकमले आज (बुधबार) विज्ञप्ति जारी गरी भनेको छ, ‘समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरूको सङ्ख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक महानुभावले असजिलोपन व्यहोर्नुपर्‍यो, यसरी प्राविधिक समस्याका कारण ग्राहक महानुभावमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा प्रार्थी छ ।’

सेवाग्राहीलाई अविच्छिन्न, निर्बाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाउँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान गर्ने टेलिकमको प्रतिबद्धता छ ।

साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवामा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले सम्पूर्ण ग्राहक महानुभावमा अनुरोधसमेत गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter