• Saturday, April 12, 2025

गौरवका आयोजना निरीक्षण गरिने

ललितपुर, माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताको टोलीसँग कुरा गर्दै उहाँले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाको स्थलगत निरीक्षणमा निस्कने बताउनुभएको हो ।

उहाँले प्रदेशका मन्त्रालयको सङ्ख्या कम गरेर मितव्ययिता र सुशासन कायम राख्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षणमा निस्कँदै छु । यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्न‘होला ।”

प्रधानमन्त्रीले अनुगमन गर्न लाग्नुभएका आयोजनामध्ये धेरैको प्रगति सन्तोषजनक छैन । पन्ध्रौँ आयोजना अवधिभित्र राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइए पनि त्यसअनुसार आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

पन्ध्रौँ आयोजनाको अवधि सकिन मात्र डेढ वर्ष बाँकी रहँदा अहिलेसम्म मेलम्ची खानेपानी आयोजना (अस्थायी रूपमा), माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भैरहवा र पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति अपेक्षाभन्दा न्यून देखिएको छ ।

पन्ध्रौँ आयोजनाको अवधि आर्थिक वर्ष २०८०/८१ सम्म रहेको छ । कामलाई तीव्रता दिन राष्ट्रिय गौरवका आयोजनामा बर्सेनि करिब ८० अर्ब रुपियाँ विनियोजन हुँदै आएको छ ।

सर्वप्रथम आर्थिक वर्ष २०६८/६९ मा १७ वटा आयोजना राष्ट्रिय गौरवको सूचीमा समावेश गरिएको थियो । दोस्रो पटक आर्थिक वर्ष २०७०/७१ मा चारवटा र तेस्रो पटक आर्थिक वर्ष २०७५÷७६ मा राष्ट्रिय गौरवका एक आयोजना थप गरिएको थियो । राष्ट्रिय योजना आयोगले अहिले राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या २१ वटा निर्धारण गरेको छ ।

मुलुकको पूर्वाधार विकासको पहिलो प्राथमिकता (पी वन)मा समेत सूचीकृत काठमाडाैँ–तराई/मधेश द्रुत मार्गको भौतिक प्रगति अपेक्षित देखिएको छ । यो आयोजना सम्पन्न गर्ने निर्धारित अवधि विक्रम संवत् २०८१ मङ्सिर मसान्तसम्म रहे पनि यस वर्ष मङ्सिरसम्मको भौतिक प्रगति करिब २२ प्रतिशत रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । कम समय र दूरीमा काठमाडाँैलाई तराईसँग जोड्ने उद्देश्यसहित निर्माण भइरहेको द्रुत मार्गको कुल लम्बाइ ७६.४ किलोमिटर छ ।

त्यसैगरी झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भू–भागलाई सडक सञ्जालले हुलाकी राजमार्गको अहिलेसम्मको भौतिक प्रगति ८३ प्रतिशत रहेको हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले जानकारी दिनुभयो ।

निकुञ्ज तथा वन–जङ्गल क्षेत्रमा अहिलेसम्म रेखाङ्कन नै तय हुन नसकेको यो आयोजना निर्धारित समयभित्र सम्पन्न नहुने निश्चितजस्तै देखिएको छ । यस आयोजनाको निर्धारित समयावधि आर्थिक वर्ष २०८०/८१ सम्म रहेको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । डोटी, डडेल्धुरा, बैतडी र बझाङमा रहेको यस आयोजनाबाट ७५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । यस आयोजनासम्बन्धमा लगानी बोर्डले आवश्यक अध्ययन कार्य गरिरहेको छ । आयोजनाको विकास एवं निर्माण तत्काल अघि बढाउन

आयोजनाको विकास ढाँचा (डेभलपमेन्ट मोडालिटी) तय गर्नेसम्बन्धमा समिति गठन भई काम भइरहेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले राष्ट्रिय गौरवका आयोजना निर्माणलाई दिनुपर्ने प्राथमिकता र गतिमा कमीकजोरी भएको बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका साथै विकास निर्माणलाई गति दिन ‘प्रोजेक्ट गभर्नेन्स’लाई विशेष किसिमले सुधार्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजना

सिक्टा सिँचाइ आयोजना

बबई सिँचाइ आयोजना

रानीजमरा कुलरिया सिँचाइ आयोजना

भेरी–बबई डाइभर्सन आयोजना

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

बूढीगण्डकी जलविद्युत् आयोजना

पश्चिम सेती जलविद्युत् आयोजना

भैरहवा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, बारा

पशुपति क्षेत्र विकास कोष

लुम्बिनी क्षेत्र विकास कोष

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग

पूर्व–पश्चिम रेलमार्ग

हुलाकी लोकमार्ग

उत्तर–दक्षिण (कोसी) लोकमार्ग

उत्तर–दक्षिण (कालीगण्डकी) लोकमार्ग

उत्तर–दक्षिण (कर्णाली) लोकमार्ग

काठमाडौँ–तराई/मधेश द्रुत मार्ग

मेलम्ची खानेपानी आयोजना

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter