‘सहज र सरल सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता’

धर्बेन्द्र झा / जनकपुरधाम, माघ १८ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जनतालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नु नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मोरङ जिल्लावाट सरुवा भएर आइतबार धनुषा आउनुभएका प्रमुख जिल्ला अधिकारी दहालले बुधबार पत्रकारसँगको भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । उहाँले त्यसका लागि आफनै कार्यालयवाट सुधारको कामकाजलाई अगाडि बढाएको बताउनुभयो ।

मिटरव्याजीसहित विभिन्नखालका समस्या समाधानका लागि कार्यालयमा डेष्क नै स्थापना गरिएको र हालसम्ममा ११० वटा उजुरीकोे समाधान भैसकेको उहाँले बताउनुभयो । उहाँले तीनै तहका सरकारका बीचमा सहकार्य र समन्वय आवश्यक रहेको बताँउदै सोहीअनुरुप जिल्लाको शान्ति सुरक्षा, सुशासन तथा विकासको कामलाई गति दिने बताउनुभयो ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम भएकाले यस ठाउँको सरसफाई, शौन्दर्यीकरण तथा ट्राफिक व्यवस्थापनको कार्यका लागि उपमहानगरपालिका सहितका निकायसँग सहकार्य गर्दै कामकाजलाई अगाडि बढाइने उहाँले बताउनुभयो ।

उहाँले जनकपुरधाम ऐतिहासिक, धार्मिक पर्यटकीय नगरीको साथसाथै मधेश प्रदेशको राजधानी समेत भएकाले पर्यटक आउने मार्गलाई व्यवस्थित बनाउन स्थानीय सरकारसँग समन्वय गरी कामकाजलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफुले जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय धनुषावाट नै सुधारको कामकाजको थालनी गरिसकेको बताउँदै अन्य कार्यालयमा हुनेगरेको ढिलासुस्ती तथा कमी कमजोरीको समाधान गर्न पत्रकारसँग आफू निरन्तर सहकार्य गरी अघि बढने बताउनुभयो ।

गृह मन्त्रालयले पहिलो पटक जिल्लालाई वर्गीकरणगरी विभिन्न वर्गमा छुट्याएर आफूलाई मोरङ्गवाट धनुषामा खटाएको बताउँदै आमजनतालाई जिल्लामा परिवर्तन महशुस हुनेगरी तीनै तहका सरकारका बीचमा समन्वय गरेर कामकाज गर्ने प्रमुख जिल्ला अधिकारी दहालले बताउनुभयो ।

अभिलेखको उचित व्यवस्थापन नभएको कारण नागरिकताको प्रतिलिपि लिनमा हुनेगरेको समस्याको समाधानका लागि अभिलेख व्यवस्थापनको कामलाई चुस्त दुरुस्त बनाउने उहाँले प्रतिवद्धता जनाउनुभयो । बजारमा मुल्य एकरुपता नभएको गुनासो उपभोक्तबाट समय समयमा गुनासो आउनेगरेको उहाँले बताउनुभयो ।

त्यसको समाधानका लागि बजार अनुगमनको कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने जानकारी गराउनुभयो । प्रमुख जिल्ला अधिकारी दहालले सबै सँगको समन्वय र सहकार्यको अधारमा जनताको अधारभूत आवश्यकतासँग जोडिएका विषयबस्तु र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter