• Saturday, April 12, 2025

बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउनु हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं, माघ १८ गते। उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउनु नहुने बताउनुभएको छ।

बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताउनुभएको हो। उहाँले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताउनुभयो।

उहाँले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्वपूर्ण निर्णय गरेको भए पनि अर्थतन्त्रको सुधारको लागि त्यति मात्रैले नपुग्ने बताउनुभयो। अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘हामी नयाँ समस्याका चाङको सामुन्नेमा छौँ। बजेटको आकारका सन्दर्भमा हामीले जस्तो अभ्यास गर्दै आएका छौँ, अब त्यही अभ्यासलाई अनुशरण गर्ने अनुमति अब हामीलाई छैन। अब परिस्थितिले हामीलाई के भनेको छ भने बजेटको आकारको बारेमा हामी सच्चिनैपर्छ। गत वर्षको बजेटमा कति प्रतिशत वृद्धि गर्ने भनेर मात्रै त्यो छुट हामीलाई छैन। हामी रियालिस्टिक बजेट ल्याउने छौँ।’’

मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको बताउनुभयो। उहाँले खर्च कटौतीको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पार्नुभयो। आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उहाँले अहिलेका नयाँ समस्याको चाङलाई विस्तारै कम गर्दै लैजाने बताउनुभयो।

अर्थतन्त्रको सुधारका लागि अझै प्रभावकारी कार्यक्रम गर्ने अर्थमन्त्रीले बताउनुभयो। उहाँले ब्याजदरका विषयमा आपसमा बसेर छलफल गर्नुपर्ने उल्लेख गर्नुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter