• Monday, April 14, 2025

सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुन्छौं : मन्त्री शर्मा

देउखुरी, माघ २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुनिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शर्माले बर्तमान सरकार बढीभन्दा बढी सहमतिकै आधारमा काम गर्न खोजेकाले राष्ट्रपति सहमतिकै आधारमा टुङ्गो लाग्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत मिलेको हिसावले पनि रािष्ट्रय सहमति खोज्नुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जून हिसावले प्रधानमन्त्रीलाई विश्वासको मत मिल्यो, त्यसमा सबैको सहमति गरेर जानुपर्छ भन्ने लागेको छ, त्यसैले प्रधानमन्त्रीले राष्ट्रिय सहमति गरौं भन्नुभएको हो ।”

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने पहल भइरहेको बताउनुभयो । सरकार राष्ट्रिय सहमतिकै अवस्थामा रहेकाले कसैलाई पनि सरकारबाट बाहिर राख्न नचाहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्नु सकरात्मक अवस्था नरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “रविजीको बारेमा अदालतले निर्णय गरेकाले परिस्थिति केही भिन्न भयो, मिलाएर जानुपर्ने अवस्था छ, गृह मन्त्रालय नै चाहियो भनेर अडान लिनु भएन ।” मन्त्री शर्माले मिडियासँग सम्बन्धित विभिन्न ऐनहरु बन्नेक्रममा रहेकाले सम्बन्धित सरोकारवालाले उचित सल्लाह सुझाव दिन पनि आग्रह गर्नुभयो । सूचना प्रविधि ऐन, प्रेस काउन्सिल ऐन, लगायतका ऐनहरु छलफलकै क्रममा रहेकाले सम्बन्धित पक्षको उचित सल्लाहको आवश्यकता रहेको बताउनुभयो ।

अहिलेसम्म पुरानो ऐनबाट चल्नुपर्ने अवस्था रहेको जानकारी दिंदै उहाँले समयसुहाउँदो ऐनहरु ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले पुरानो ऐनबाटै चल्नुपरेको छ, नयाँ ऐन बनाउँदा यहाँहरु पत्रकारको सहयोग आवश्यक छ, सुझावको अपेक्षा गरेका छौं ।”

पछिल्लो समय अनलाइन मिडिया बढ्दै गइरहेको भए पनि अनलाइन मिडीयालाई व्यवस्थित बन्ने कानुन निर्माणको आवश्यकता रहेको उहाँको भनाइ छ । सबै मिडियालाई व्यवस्थित गर्नुपर्छ भन्ने सरकारको मान्यता भएको भन्दै मोफसलका मिडियालाई पनि उचित सेवा सुविधा उपलव्ध गराउने गरी कानुन निर्माण गर्न थालेको मन्त्री शर्माले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले ढुक्कका साथ पत्रकारिता गर्न र सरकारलाई खबरदारी गर्न मिडियालाई आग्रह गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter