आईसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालको लगातार दोस्रो जित

काठमाडौं, फागुन ५ गते । दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतकीय पारी खेलेपछि शुक्रबार नेपालले राधानीमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको पहिलो खेलमा ३ विकेटको सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा दीपेन्द्र र कुशलले मध्यक्रममा सम्हालिएको प्रदर्शन गरेपछि जारी शृङ्खलामा लागातार दोस्रो जित निकालेको हो । स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ३ ओभर बाँकी रहँदा भेटाउन सफल भएको हो । यस जितसँगै नेपालले एक दिवसीय क्रिकेटमा दोस्रो ठूलो रनको लक्ष्य पूरा गरेको छ । यस अघि यसै शृङ्खलामा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पूरा गरेको थियो ।

नामिबियाविरुद्धको खेलमा शतकीय पारी र अनुभवी बलर बिना उत्रिएको र विजेता बनिसकेको स्कटल्याण्डलाई पराजित गर्ने क्रममा नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ८ बलमा १६ रन बनाउँदा अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाउँदै पवेलियन फकिएका थिए । ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहितकुमार पौडेलले १० बलमा ६ रन बनाए । कप्तान रोहित ६ रनमा आउट भएपछि मैदान आएका कुशल मल्लले सम्हालिएको प्रदर्शन गरे । उनले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलले बनाएको सर्वाधिक धेरै रन हो ।

यस्तै सन्दीप जोराले ५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रनको पारी खेले । दीपेन्द्रको एकदिवसीय अन्तर्राष्ट्रियमा यो दोस्रो अर्धशतक हो भने विश्वकप लिग–२ मा भने दीपेन्द्रको पहिलो अर्धशतक हो । गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामी ३२ बल खेल्दै २४ रनमा अविजित रहे । छैटौं विकेटका लागि कुशलले दीपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए । दीपेन्द्र र सोमपालले आठौं विकेटका लागि अविजित ५५ रनको साझेदारी गरेका थिए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले समान ३÷३ विकेट लिए । स्कटल्याण्डले २८ रन अतिरिक्त स्वरुप दिएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली स्कटल्याण्डले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थियो । स्काटल्याण्डका लागि माइकल लिस्क १ सय ७ रनमा अविजित रहे । ८५ बलको सामना गरेका उनले ३ चौका तथा ९ छक्का प्रहार गरेका थिए । एक दिवसीय खेलमा ८५ रन उच्च स्कोरलाई उनले सुधार गरेका हुन भने डेब्युट्यान्ट ज्याक जार्किभले २६ रन बनाउने क्रममा दीपेन्द्र बलमा बोल्ड भए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस १९ र मार्क वाटले २० रन बनाउने क्रममा रन आउट भए । कप्तान रिचि बेरिङ्टनको नाममा १९ रन रहँदा क्रिस ग्रेभले १६ रन बनाए ।

सातौं विकेटका लागि माइकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट विकेट निकाल्दा कुशल मल्लले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १÷१ विकेट लिए । खेलमा दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए ।

यस खेलसँगै विश्वकप लिग–२ तालिकामा नेपालले २६ खेलबाट २२ अङ्क बनाएको छ । नेपाल छैटौं स्थानमा यथावत् रहँदा स्कटल्याण्डले ३४ खेलमा २३ मा जित र ९ मा हार भोगेको छ । स्कटल्याण्ड ४८ अङ्कका साथ शीर्षस्थानमा रहँदा शृङ्खलाका तीन खेल आगावै विश्वकप लिग–२ को च्याम्पियन भइसकेको छ । स्कटल्याण्डले बुधवार भएको खेलमा नामिबियामाथि १० विकेट जित निकाल्दा च्याम्पियन भएको थियो । शृङ्खलामा शनिबार नेपाल र नामिबियाबीच खेल हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter