• Saturday, April 12, 2025

वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर छौं : अर्थमन्त्री पौडेल

काठमाडौं, फागुन १० गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठक पश्चात संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो।

उहाँले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रुपमा सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो। उहाँले विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णय भइसकेको बताउनुभयो।

अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणी प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायले काम थालिसकेको बताउनुभयो। उहाँले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो,‘‘लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै हाइन। यो विषयमा गम्भीर भएर सरोकारवालासहित बैठक बसेका छौं। केही मत्त्वपूर्ण निर्णय पनि गरेका छौं। लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ। लघुवित्तका ऋणी प्रभावित हुने अवस्था आएको छ। त्यसलाई समस्या आउनुको कारण खोजेर त्यसको समाधानको लागि सम्बन्धित निकाय लागिसकेका छन्। त्यसका परिणाम निरन्तर आउँदैछन्।’’

उहाँले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयगत आधारमा कार्ययोजना अगाडि बढाएको बताउनुभयो। उहाँले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भइरहेको बताउनुभयो। उहाँले सरकार उत्पादनका सबै क्षेत्र, निजी क्षेत्रका सरोकार र समस्यालाई समाधान गर्ने दिशामा केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter