• Saturday, April 12, 2025

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई सफल पार्न मन्त्री गिरीको आग्रह

काठमाडौं, फागुन १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानलाई सफल बनाउन आग्रह गर्नुभएको छ ।

सरकारले फागुन ११ देखि २५ गतेसम्म झापा, मोरङ, धनुष, महोत्तरी, सलार्ही, रौतहट, बारा लमजुङ, रसुवा, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन गर्दैछ ।

मन्त्री गिरीले अभियान सञ्चालन हुने जिल्लाका सबै नागरिकलाई अभियान सफल बनाउन आग्रह गर्नुभएको हो । मन्त्री गिरीले भन्नुभयो, “फागुन ११ गते देखि १५ जिल्लामा सञ्चालन हुने अभियानमा आफूले औषधि सेवन गरी अरूलाई पनि औषधि सेवन गर्ने कार्यमा सहयोग गरी अभियान सफल पार्न सबैलाई आग्रह गर्दछु ।”

हात्तीपाइलेविरुद्धको औषधि वडा कार्यालय, स्वास्थ्य संस्था सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा औषधि निःशुल्क खुवाउन मन्त्रालयले जनाएको छ ।

औषधि प्रभावकारी र सुरक्षित भएकाले ढुक्कसँग खाना चिकित्सकको आग्रह छ । मन्त्रालयका अनुसार औषधि दुई वर्ष पुगेका सबैले सेवन गर्न मिल्छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त भई ओछ्यान परेका बिरामीले हात्तीपाइलेको औषधि नखान मन्त्रालयले आग्रह गरेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेपछि खुट्टा सुनिने, पुरुषमा अण्डकोष सुनिने तथा महिलामा स्तन सुनिन सक्छ । हात्तीपाइले विरुद्धको औषधिले शरीरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट बँचाउनका साथै अपाङ्गता भएर बस्नुपर्दैन । सरकारले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter