• Saturday, April 12, 2025

सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ आइतबार

काठमाडौं, फागुन १२ गते । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आइतबारका लागि तोकेको छ ।

शुक्रबार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइमा सन्दीपविरुद्धको मुद्दा र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने मागको एकमुस्ट सुनुवाइका लागि आइतबार पेस गर्न निर्देशन दिएको हो ।

सर्वोच्चको आदेशसँगै अब आइतबारमात्र सन्दीप आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेसीय सिरिज खेल्न यूएई जाने वा नजाने भन्ने बारेमा टुङ्गो लाग्ने भएको छ ।

सर्वोच्चको आजको इजलासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले सर्वोच्च अदालतले मुद्दाको गम्भीरतालाई हेरेर र अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर सरकार पक्षबाट ७३ नम्बरको निवेदन र विदेश खेल्न जान पाउनपर्ने निवेदनको एकमुस्ट सुनुवाइ गर्ने आदेश दिएको बताउनुभयो ।

उहाँले एकल मुद्दाको अवस्थालाई हेरेर मात्रै आदेश दिन नमिल्ने भएकाले संयुक्त इजलासमा अन्तिम सुनुवाइका लागि आइतबार समय तोकिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सम्मानित सर्वोच्च अदालतले मुद्दाको गम्भीरतालाई हेरेर र अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर सरकार पक्षबाट जुन ७३ नम्बरको निवेदन परेको छ र त्यो दुई वटा मुद्दालाई सँगै राखेर अन्तिम सुनुवाइ गर्ने आदेश आएको छ । एकल इजलासले आदेश दिन सकेन, त्यसैले संयुक्त इजलासमा अन्तिम सुनुवाइका लागि आइतबारका लागि समय तोकेको छ ।’’

अधिवक्ता घिमिरेले भन्नुभयो, ‘‘सन्दीप लामिछाने एउटा व्यक्तिका साथै राष्ट्रका लागि खेल्ने खेलाडी भएकाले एउटा खेल मैदानबाट अर्को खेल मैदानमा जानको लागि देश फरक परेको हुनाले उच्च आदेशले जुन रोक लगाएको छ, त्यसलाई खोलेर नेपालको ओडिआई स्टाटस जोगाउनका लागि खेल्न पाउनुपर्छ भनेर उच्च अदालतले रोकेको आदेश बदर हुनुपर्छ भनेका थियौँ ।’’

अधिवक्ता घिमिरेले आफूहरुले खेल मैदान फरक देशमै भएका कारण खेलबाट वञ्चित गर्न नमिल्ने वकालत गरेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter