• Saturday, April 12, 2025

विज्ञान र प्रविधिसम्बन्धी सामग्री तथा उपकरणहरूको प्रदर्शनी

काठमाडौं, फागुन १४ गते । एन्जल लर्ड एकेडेमी हाइ स्कुल कोटेश्वरको आयोजनामा फागुन १२ र १३ गते चौथो बृहत् विज्ञान तथा प्रविधि प्रदर्शनी सम्पन्न भएको छ ।

दुई दिने सो कार्यक्रम काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम कुमार राईले उद्घाटन गर्नुभएको थियो । एकेडेमीका विद्यार्थीहरूले बनाएका विज्ञान र प्रविधि सम्बन्धी सामग्री तथा उपकरणहरू सो प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीमा अपेक्षाभन्दा बढी सहभागी देखिएको एकेडेमीका प्रअ टङ्क लिम्बुले बताउनुभयो । प्रअ लिम्बुले हजारौँ बढी शिक्षक, अभिभावक र विद्यार्थीहरूले प्रदर्शनीमा अवलोकन गरेको बताउनुभयो ।

एकेडेमीका सञ्चालक राजकुमार दोङ तामाङले विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रदर्शनीहरूसँगै लोप हुँदै गएको पुरातात्त्विक, सांस्कृतिक तथा ऐतिहासिक सामाग्रीहरूको प्रदर्शनीले विद्यार्थीहरूमा विगतका मौलिक जनजीवन र त्यससँग सम्बन्धित ज्ञान प्राप्त गरेको बताउनुभयो ।

यसले आगामी वर्षहरूमा अझ नयाँ उपकरणहरूको थप प्रदर्शनी र विद्यार्थीको सृजनशीलतालाई अझै प्रोत्साहन गर्न हामीलाई अभिप्रेरित गरेको छ सञ्चालक दोङले भन्नुभयो ।

सो प्रदर्शनीमा रोवर्ट सम्बन्धी उपकरण, होम सेक्युरिटी प्रणाली, भूकम्पीय सूचक, पानीको सतह मापन यन्त्र, विद्युत सम्बन्धी स्वचालित अटो मोबाइल सम्बन्धी उपकरण, ह्युमान्वाइड रोबट, स्मार्ट सिटिका नमुना, लघु जलविद्युतबाट विद्युत उत्पादनको नमुना प्रदर्शनीको साथमा विद्यार्थीहरूको नृत्य, गायन, विभिन्न खानाका परिकारहरू, नेपाली लोक बाजागाजाहरूमा प्रयोग हुने लोक अर्केष्ट्रा र जातजातिका भेषभुषा समेत प्रदर्शनी गरिएको थियो ।

विज्ञान तथा प्रविधिसँग अभिरुचि राख्ने विद्यार्थीहरू तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको प्रदर्शनीमा एक सय भन्दा बढी विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरू र फुड स्टल रहेका थिए । प्रदर्शनी कक्षमा २ देखि १० कक्षा सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter