• Saturday, April 12, 2025

नायक पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुँदै

अमरराज नहर्की / तनहुँ, फागुन १४ गते। बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागरामा थुनामा रहेका नायक पूर्णविक्रम शाह (पल)ले सफाइ पाउनुभएको छ।

शाहको मुद्दामा आइतबार उच्च अदालत पोखराले सफाइ दिएको हो। कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ भएर उच्च अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो।

नवलपुर जिल्ला अदालतले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि नायक शाहले उच्च अदालत पोखरामा रिट निवेदन दिनुभएको थियो। सो रिट निवेदनमाथि कामु मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पुडासैनीका बेञ्चमा बहस पैरवी भएर आज सफाइ दिइएको हो। नायक शाह सोमबार थुनामुक्त हुने उहाँले जानकारी दिनुभयो।

२०७८ फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो। शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो। पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुवाले समेत दुवै अदालतमा बलत्कार नभएको भन्दै बयान फेर्नु भएको थियो।

अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले माघ ३ गते सफाइ दिएको थियो। जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो। जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको थियो। जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter