२ करोड ७० लाख लगानीको कम्पोष्ट प्लान्ट भएन सञ्चालन

राजकुमार भट्टराई / खोटाङ, फागुन १५ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्मामा निर्माण भएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट लामो समय हुँदा पनि सञ्चालनमा आएको छैन् । अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले अढाइ करोड खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

नेपाल सरकार अर्थमन्त्रालयको विशेष अनुदान एबं प्रदेश सरकारको गरी करिब २ करोड ७० लाखको खर्चमा निर्माण भएको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र प्रदेश १ का तत्कालिन मूख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते उदघाटन गर्नुभएको थियो ।

उदघाटन भएसँगै आवश्यक मल उत्पादन गरेर अर्गानिक नगरिकपालिका बनाइने तत्कालिन मेयर दिपनारायण रिजालले उदघोष गर्नुभएको थियो । प्लान्टबाट उत्पादित मलको मूल्या प्रतिबोरा पाँचसय निर्धारण गरिएको छ । हालसम्म उत्पादन भएका मलमध्ये करिब ४० बोरा मात्र ‘क्यास’ बिक्री भएको छ । १५० बोरा मल नगरपालिका दिक्तेलस्थित सपिङ कम्प्लेक्समै राखिएको छ । अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठभन्दा कैयौं गुणा मलिलो भए पनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेलका किसान भूमिराज खत्रीले बताउनुभयो । “कम्पोष्ट प्लान्टको प्राङ्गारिक मल उपयोगी छ । मैले प्रयोग गरेर हेरेँ । गोठको गोबरभन्दा कैयौं गुणा राम्रो छ” खत्रीले भन्नुभयो, “तर यसको महत्वबारे किसानलाई बुझाउन सकिएको छैन । नगरका सबै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गा¥हो हुन्थ्यो ।”

कम्पोष्ट प्लान्टको मललाई किसानले आफ्नो गोठको मलसरह ठानेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत तेजप्रकाश जैसीले बताउनुभयो । “उदघाटनलगत्तै एक लट मल उत्पादन भयो । परीक्षण गर्दा मलको क्वालिटी राम्रो छ । बजार मूल्य बढी भयो भनेर किसानले रुचाएनन् । नियमित खपत नभएपछि धेरै मल उत्पादन गर्न सकिएन” उहाँले भन्नुभयो ।

अब निजी संस्था वा साझेदारी संस्थामार्फत सञ्चालन गर्नेगरी कार्यविधि तयार गरेको नगरपािलकाले जनाएको छ । निजी संस्थालाई सञ्चालन गर्न दिन चाँडै टेण्डर आह्वान गरिने नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

नेपाल सरकारको विशेष अनुदानस्वरुप प्राप्त भएको ३ करोड ३२ लाखमध्ये कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट निर्माणमा १ करोड ८५ लाख खर्च भएको छ । अन्य रकम दुई वटा ट्याक्टर खरिद, दिक्तेलबजारमा डस्टविन राख्न तथा डम्पिङसाइट पुग्ने सडक मर्मतमा खर्च गरिएको थियो । कम्पोष्ट र वायोग्याँस प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट ३५ लाख खर्च भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter