तारजाली नाघेर बाटो काट्नेलाई खादाले सम्मान

अविनाश चौधरी / धनगढी, फागुन १८ गते। कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई खादा लगाएर सम्मान गरिएको छ।

पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्यायलाई उपमहानगरपालिका प्रमुख गोपाल हमालले खादा लगाएर सम्मान गर्नु भएको हो।

उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि मिडियनको दुवैतिरबाट तारजाली लगाएको छ। तरपनि, यात्रुले जथाभावी बाटो काट्ने क्रम रोकिएको छैन।

पैदलमार्ग बनाइएको ठाउँबाट ट्रयाक्टरसमेतका सवारी साधन एकतिरबाट अर्कोतिर लगिने गरिएको छ। यसैगरी, ठाउँमा–ठाउँमा पैदलमार्ग बनाइए पनि मान्छेले तारजाली नाघ्ने गरेका छन्।

पाध्यायले पैदलमार्ग छोडेर तारजाली नाघेर बाटो काट्दै गरेको फेला पारेपछि नैतिक रुपमा दण्डित गर्नका लागि पक्रेर खादाले सम्मान गरिएको नगर प्रमुख हमालको सचिवालयले जानकारी दिएको छ।

केहीदिन अगाडिमात्रै धेरैमान्छेले तारजाली नाघिरहेको भिडियो भाइरल बनेको थियो। ति मान्छेहरुको व्यापक आलोचना भए पनि जथाभावी बाटो काट्नेक्रम भने अहिलेसम्म रोकिएको छैन।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter