नेपाल यू–१९ विश्वकपमा छनोट; क्रिकेट टोलीले देशको गौरव बढाएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन १८ गते । नेपाल सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हरायो ।

युएईलाई हराउनैपर्ने फाइनल सरह अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो ।

जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो । युएईका लागि इथान काल्लले सर्वाधिक ५० रन बनाउनुभयो ।

आर्यान सक्सेनाले ३४, आर्याश शर्माले ३२ रअम्मर बदामीले १९ रन बनाउनुभयो । बलिङमा नेपालका दीपेश कँडेलले पाँच विकेट लिनुभयो । सुवास भण्डारी र हेमन्त धामीले दुई दुई विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५१ रन बनाउनुभयो ।

विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा युएईका ध्रुव परासरले तीन, कप्तान आयन खान र हरितहर्ष सिट्ठीले दुई दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक एक विकेट लिनुभयो ।

यस छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिङ्गापुर सहभागी थिए । नेपालले सबै खेलमा अपराजित रह्यो ।

क्रिकेट टोलीले देशको गौरव बढाएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपका लागि छनोट भएको नेपालको यू-१९ क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ।

प्रधानमन्त्रीले बधाइ दिनुहुँदै देशको गौरव बढाउन र नेपालको ख्याति विश्वस्तरमा चिनाउन खेलाडीले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभएको हो।

प्रधानमन्त्रीको ट्वीटरमार्फत् सचिवालयले भनेको छ, ‘‘श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।’’

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ टोलीका सदस्यलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

नेपाल सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा छनोट भएको हो। युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हराको हो।

नेपालले दोस्रो पटक यू-१९ विश्वकपमा स्थान बनाएको हो। यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter