• Tuesday, April 22, 2025

आसिफको अर्धशतकमा नेपाल तीन विकेटले विजयी

काठमाडौं, फागुन १९ गते। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल विजयी भएको छ। नेपालले पपुवान्युगिनीविरुद्ध तीन विकेटको जित निकालेको हो। नेपालको जितका लागि आसिफ शेखको अर्धशतकीय योगदान रहयो। उहाँले १३० बल खेल्दै ८६ रन बनाउनुभयो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १८० रनको चुनौती दिएको थियो। १२ बल बाँकी हुँदा नेपाल तीन विकेटले विजयी भएको हो।

शुक्रबारको खेलमा सन्दीप लामिछाने र आसिफले कीर्तिमानी साझेदारी गर्नुभएको छ । अविजित नरहँदै सन्दीपले ५० बलमा ३५ रन बनाउनुभएको हो । अबिजित आसिफ र सन्दीपले १२१ रनको साझेदारी गर्नुभएको हो । यो खेलमा आसिफ म्यान अफ दि म्याच बन्नुभयो ।

प्रारम्भिक ब्याट्सम्यान दोहोरो रन नजोड्दै आउट भएपछि नेपालको ब्याटिङ सुरुमै धरमराएको थियो। नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो बलमा गुमाएको थियो भने ज्ञानेन्द्र मल्ल ६ रनमा आउट हुनुभएको थियो।

नेपालका अलराउन्डर कुशल मल्ल २३ रनमा आउट हुनुभयो। भिम सार्की र दीपेन्द्रसिंह ऐरीले आठ/आठ रन बनाउनुभयो। कप्तान रोहित पौडेल र आरिफ शेखले एक–एक रन मात्र जोड्नुभयो। पपुवा न्युगिनीका कप्तान असाद भालाले तीन विकेट लिनुभयो भने सेमो कमिया र सेसे बाउले समान २/२ विकेट हात पार्नुभयो ।

सुरुमा ब्याटिङ गरेको पपुवान्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाउनुभएको थियो। त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लिन डोरिगाले २६ रन बनाउनुभएको थियो। गौडी टोकाले १५ रन बनाउनुभयो भने नर्मन भानुवाले १४ रन जोड्नुभयो। सेसे बाउ र कप्तान असद भालाले समान ११/११ रन बनाउनु भएको थियो। नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिनुभयो भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान एक/एक विकेट हात पार्नुभयो।

जितसँगै ३१ खेलबाट ३० अंक बनाएको नेपाल छैटौं स्थानमा छ । समान ३१ खेल खेलेको पपुवान्युगिनी सात अङ्कसहित तालिकाको अन्तिममा छ । नेपालले अन्तिम खेल फागुन २२ गते युएईसँग खेल्नेछ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter