क्यामरुनलाई बुढासुब्बा कप फुटबलको उपाधि

धरान, फागुन २० गते। २३ औं बुढासुब्बा फुटबल कपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ। धरान रङ्गशालामा शनिबार भएको फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोलले हराउँदै एभिनियर फुटबल क्लब क्यामरुन च्याम्पियन बनेको हो।

पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। खेलको ६५ मिनेटमा एभिनियर फुटबल क्लब क्यामरुनको तर्फबाट साबाले १ गोल गर्नुभयो। उहाँको गोल नै निर्णायक बनेको हो। थुप्रै अवसर पाए पनि काँकडभिट्टाले गोल गर्न नसक्दा उपाधि गुमाएको हो।

उपाधिसँगै एभिनियर फुटबल क्लब क्यामरुनले १० लाख रुपियाँ पुरस्कार मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ। उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पाँच लाख रुपियाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

उपाधि विजेता खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष पकंजविक्रम नेम्वाङले ट्रफी र पुरस्कार प्रदान गर्नुभयो। उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका खेलाडीलाई उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले पुरस्कार प्रदान गर्नुभयो।

खेलको बेस्ट प्लेयर टुर्नामेन्ट काँकडभिट्टा फुटबल क्लबका मिलन राईले प्राप्त गर्नुभयो। उहाँले नगद १ लाख प्राप्त गर्नु भएको छ। बेस्ट कोच एभिनियर फुटबल क्लब क्यामरुनको आशिष् थापा मगरले पाउनुभएको छ। उहाँले नगद २५ हजार पाउनुभयो।

प्रतियोगितामा हाईस्कोरर काँकडभिट्टा फुटबल क्लबका खेलाडी निशान लिम्बुले प्राप्त गर्नुभयो। उहाँले नगद ३५ हजार र ट्रफी प्राप्त गर्नु भएको छ। फाइनल खेलको म्यान अफ द म्याच एभिनियर फुटबल क्लबका रिचार्ड विल्सनले पाउनुभयो।

बेस्ट गोल किप्पर एन्फा मोरङका प्रणजे गच्छदारले प्राप्त गर्नुभयो। उहाँले नगद २५ हजार र ट्राफी पाउनुभएको हो। बेस्ट स्टराइकर टुर्नामेन्ट काँकडभिट्टाका यामीले नगद २५ हजार र ट्रफी प्राप्त गर्नुभयो। राइजिङ अफ द टुर्नामेन्ट धरान फुटबल क्लबका खेलाडी विवेक राईले नगद रकम १० हजार र ट्रफी प्रप्त गर्नुभएको छ।

बेस्ट डिफेन्डरमा क्यामरुनका खेलाडी सांघुले प्राप्त गर्नुभयो। उहाँले नगद २५ हजार प्राप्त गर्नुभयो। बेस्ट मिडफिल्डर क्यामरुनका जोई एल्डोलले प्राप्त गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter