कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

ठाकुरप्रसाद आचार्य / म्याग्दी, फागुन २२ गते । कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आउनुभएको हो । दानाका स्थानीयहरूले राजकुमारीसहितको टोलीलाई स्वागत गरेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ ।

इलाईट ट्रेकिङ कम्पनीमार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाडौंबाट अल्थानीको आरोहण टोलीका सदस्यहरूसहित सिम्रिक एयरको हेलिकोप्टरमार्फत आउनुभएको थियो । आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ ।

“हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,” पुर्जाले भन्नुभयो, “बन्दोबन्दीका सामग्रीहरू हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीहरूले तयारी थालिसकेका छन् ।”

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, लोहोत्से, आमादम्बा, मनास्लु, केटुलगायतका हिमालहरूको आरोहण गरिसक्नु भएको छ । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाहरूले स्वागत गरेका छन् ।

अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेको जानकारी दिनुभयो । निर्मल विश्वकै साहसिक युवा रहेको उहाँको भनाइ छ ।

दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter