कर्णाली राजमार्गको स्तरवृद्धिको पहल गर्छु : सांसद लामा

जुम्ला, फागुन २२ गते । मुगाल समुदायबाट समानुपातिक सांसद रहेका जुम्लाका सांसद छिरिङ ल्हामु लामाले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सक्ने पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । गृह जिल्लामा गरिएको स्वागत कार्यक्रममा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।

समानुपातिक सांसद भएपछि पहिला पटक जिल्ला फर्केपछि जिल्लाका आठ वटा स्थानीय तहले उहाँको स्वागत कार्यक्रम राखेको थियो । मुगाल समुदायबाट पहिलो पटक सांसद भएपछि सो समुदायमा उत्साह बढेको स्थानीयको भनाइ छ । बाटोको समस्या भएकाले त्यसको सुधारको पहलका लागि स्थानीयले आग्रह गरेका थिए ।

सांसद लामा शहीद परिवारका सदस्य, सरोकारवाला निकाय तथा स्थानीय तहका प्रतिनिधिहरूसँग आवश्यक सल्लाह र सुझाव पनि लिनुभएको छ । मुगाली समुदायबाट आफू एक्लो सांसद भएकाले समुदायको माग सम्बोधन गराउन आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

कर्णाली राजमार्गलाई दुई लेनको सड्क बनाउन आवश्यक रहेको भन्दै आगामी बजेटमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । जुम्ला विमानस्थललाई स्तरवृद्धिको विषयमा पहल भइरहेको जानकारी दिँदै जिल्लामा रहेको विकास निर्माणमा आफूले ध्यान दिने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter