‘बुटवल–नारायणगढ सडकको काम द्रुत स्तरमा नभए ठेक्का तोडिने’

होमराज रानाभाट / कावासोती फागुन २६ गते । उपप्रधानमन्त्रीसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडक द्रुत स्तरमा काम अगाडि नबढ्ने र समयभित्र सम्पन्न हुुन नसके सरकार ठेक्का तोड्न बाध्य हुने बताउनुभएको छ ।

उपप्रधानमन्त्री समेत रहनुभएका श्रेष्ठले राष्ट्रिय गौरबको आयोजनाका रुपमा निर्माणाधीन बुटवल नारायणगढ सडक को ठेक्का समयमा नसकेर पुन: म्याद थपिएको र सो थपिएको म्याद भित्र पनि काम सम्पन्न विस्तारको काम तीब्र गतिमा अगाडि नबढाए सरकारले ठेक्का तोड्ने स्पष्ट पार्नुुभएको छ ।

आज पूर्वी नवलपरासीको कावासोतीमा प्रेस सेन्टर नवलपुरको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुुरा बताउनुुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले ठेकेदारलाई काम छिटो गर्न हामीले पटक पटक ताकेता गरेका छौं र जुन गतिमा काम हुनु पर्ने हो त्यो हुन नसके हामी ठेक्का तोड्ने पक्षमा रहेको स्पष्ट पार्नुुभयो ।

यसैबीच उपप्रधानमन्त्रीले श्रेष्ठले शुक्रबार नै मध्यविन्दु १ सेतापानीमा रहेको शान्ति आधारभूत नमूना विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै शिक्षाको बिकास नभए सम्म मुलुकको समग्र विकास सम्भव नरहेकोमा जोड दिनुुभयो । सो अवसरमा उहाँले विद्यालयको चार कोठे नवनिर्मित भवनको पनि उद्घाटन गर्नुुभएको थियो ।

सो क्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार देशमा चाडो समृद्धि आउने गरी विकासका काममा लागि परेको बताउनुभयो । उहाँले धनी र गरिब बीचको दुरी घट्ने गरी सरकारले देशको समृद्धिका लागि काम गरिरहेको दावी गर्नुुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सामुदायिक विद्यालय, कलेजहरुमा सबै खाले विद्यार्थी अट्ने गरी विद्यालयको शैक्षिक र भौतिक स्थिति वृद्धिका लागि सरकारले काम अगाडि बढाएको स्पष्ट पार्नुुभयो ।

सोही अवसरमा मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले उपप्रधानमन्त्री श्रेष्ठलाई मध्यविन्दु नगरपालिका भित्रको बाटो, पुल, पुलेसा निर्माणका लागि माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दधिराम सापकोटाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो ।

कार्यक्रममा नवलपुर क्षेत्र नं २ का संघीय सांसद विष्णु कार्की, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुुभएको थियो । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले शुक्रबार नै कावासोती १६ डण्डामा आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिनुभएको थियो ।

प्रधानमन्त्रीवरुद्धको मुद्दालाई सामान्य लिएका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दालाई आफूहरूले ठूलो रूपमा पनि नलिएको र सामान्य रूपमा पनि नलिएको बताउनुभएको छ। बुटवल–नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आउनुभएका श्रेष्ठले पत्रकारहरूसँगको संक्षिप्त जिज्ञासामा सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री प्रचण्डविरुद्ध जुन बेहोरामा मुद्दा दर्ता भएको छ, त्यो स्वाभाविक छैन। उहाँले भन्नुभयो तर सत्यनिरूपण तथा मेलमिलाप, वेपत्ता छानवीन जस्ता आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्यायको काम छिटै सम्पन्न होस् भन्ने अदालतको सदासयता हो भने हामीले सो सम्बन्धित विधेयक संसदमा टेबुल गरिसकेका छौं।

उहाँले उपराष्ट्रपतिको चुनाव सकिए लगत्तै सरकारको विस्तार एवं पुनर्गठन हुने जानकारी दिनुभयो। उहाँले नौ दलीय गठबन्धनको वर्तमान सरकार स्थिर र प्रभावकारी हुने, पार्टीबाट पठाइएका मन्त्रीहरूलाई अहिले नै फिर्ता बोलाउनेबारे आफूहरूले केही नसोचेको समेत बताउनुभयो।

बुटवल–नारायणगढ सडक विस्तारले अपेक्षित गति लिन नसक्दा जनताले सास्ती खेप्नुपरेको पत्रकारको जिज्ञासालाई मन्त्री श्रेष्ठले गम्भीरतापूर्वक लिनुभयो। समयमै र गुणस्तरीय रूपमा काम सक्न चिनियाँ निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरिएको र मन्त्रालय तहबाटै अन्य सरोकार निकायसँग उचित समन्वय गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो।

शुक्रबारनै नेकपा९माओवादी केन्द्र ० जिल्ला समन्वय समिति नवलपुरले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कांग्रेस सहितको चुनावी सहकार्य, अकस्मात एमालेसँगको सरकार गठबन्धन र हाल कांग्रेससँगै निर्माण भएको समीकरणबारे स्पष्ट पार्नुभएको थियो। चुनावबाट ठूलो पार्टी हुनुको घमण्डले ुसुरुको तीनबर्ष माओवादी केन्द्रको प्रधानमन्त्री, पछिल्लो दुईबर्ष कांग्रेसको प्रधानमन्त्रीु भन्ने पूर्व समझदारी कांग्रेसले तोडेकोले कांग्रेसलाई सवक र वाम सहकार्यको सकारात्मकताका लागि आफुहरूले एमालेसँग सरकार गठबन्धन गरेको उहाँले बताउनुभयो।

तर एमाले अध्यक्ष ओलीले राप्रपा र रास्वपाको आडमा आफुहरूको घाँटी ङ्याक्ने नियत मात्रै राखेपछि र कांग्रेसले गल्ती महसुस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने परिस्थिति बनेपछि राजनीतिले अर्को मोड लिएको बताउनुभयो। त्यसरी कांग्रेसबाटै राष्ट्रपति बन्ने र पुन लोकतान्त्रिक–वाम गठबन्धन बन्ने अहिलेको सन्दर्भको विकास भएको उहाँले बताउनुभयो।

त्यस अगाडि उपप्रधानमन्त्री श्रेष्ठले बर्दघाटस्थित शान्ति नमुना आधारभूत विद्यालयको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख आतिथ्यता गर्नुभएको थियो। त्यसक्रममा विद्यालयको नयाँ चारकोठे भवनको उद्घाटन गर्नुभएको थियो। मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकासको पहिलो पूर्वाधार शिक्षा भएको र हालको सरकारले सामुदायिक शिक्षालाई नै मूल शैक्षिक थलो बनाउने नीति लिएको बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter