• Tuesday, April 22, 2025

राजनीतिक शक्तिको मौलिक पहलले नेपालमा शान्ति स्थापना : सभामुख घिमिरे

बहराइन,फागुन २८ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ।

अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आइतबार साँझ सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले नेपालका प्रमुख राजनीतिक शक्तिको मौलिक पहलले नेपालमा एक दशक लामो सशस्त्र विद्रोहको अन्त्य भएर शान्ति स्थापना भएको बताउनुभएको हो।

सभामुख घिमिरेले ‘असहिष्णुता विरुद्ध लड्दै शान्तिपूर्ण सहअस्तित्व र समावेशी समाजको प्रवद्र्धन’ विषयमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्बोधन गर्नुभएको हो।

नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको बताउँदै आफ्नो मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध नै शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उहाँले प्रष्ट पार्नुभएको छ।

उहाँले भन्नुभयो, ‘‘असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रहरूले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा अडिग छ।’’

‘‘समावेशी सिद्धान्तलाई अङ्गीकार गर्दै सन् २०१५ मा जारी नेपालको संविधान कार्यान्वयनमा छ। त्यसको परिणाम हाल हाम्रो संघीय संसदमा ३४ प्रतिशत, प्रदेश सभामा ३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुन सफल भएका छन्’’, उहाँले भन्नुभयो।

नेपाली समाज विविधताले भरिएको बताउँनुहुँदै सभामुख घिमिरेले नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक, तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको बताउनुभयो।

आजको समयमा सूचनामाथिको पहुँच बृहत् भएको उहाँको भनाइ छ। यसलाई विश्वसनीय बनाउनु आजको चुनौती भएको सभामुख घिमिरेको भनाइ छ। सभामुख घिमिरेले भन्नुभयो, ‘‘सूचना प्रविधिको बढ्दो प्रयोगले गर्दा स–साना सूचना तत्कालै सजिलै विश्वव्यापी हुन्छन्। यद्यपि झुठा विवरण, भ्रामक तथ्याङ्क, द्वेष, वितृष्णा र घृणात्मक अभिव्यक्तिलाई निरूत्साहित गर्दै शान्ति, सहिष्णुता र सहअस्तित्वलाई प्रोत्साहन गर्नु आजको चुनौती हो। यसका लागि म यस मञ्चमार्फत विश्व समुदायको ध्यानाकृष्ट गर्न पनि चाहन्छु।’

आईपीयुले एकता र समावेशीतालाई बारम्बार आफ्ना छलफलहरूको मुख्य विषय बनाउँदै आएको बताउँदै सभामुखले शान्तिपूर्ण सहअस्तित्व र समतामूलक समावेशी समाज स्थापनाका लागि नेपालका जनप्रतिनिधिको ऐक्यबद्धता जनाउनुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter