• Saturday, April 12, 2025

मुख्यमन्त्रीद्वारा अस्पतालको आकस्मिक निरीक्षण

धीरेन्द्रप्रसाद साह / जनकपुर, फागुन २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक निरीक्षण अनुगमन गर्नुभएको छ । स्वास्थ्य प्रयोगशाला परीक्षणमा लापरबाही भइरहेको गुनासो आएपछि मुख्यमन्त्रीले आकस्मिक अस्पतालको अनुगमन गर्नुभएको हो ।

प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादव अनुपस्थित रहेको पाइएपछि उहाँले मातहतका कर्मचारीलाई स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर हुन कडा निर्देशन दिनुभयो । अस्पतालको स्वास्थ्य प्रयोगशालाबाट प्रयोगशालाको रिपोर्ट गलत आएको गुनासो सुनेपछि मुख्यमन्त्री यादवले यस्तो लापरबाही असह्य हुने चेतावनी पनि उपस्थित कर्मचारीलाई दिनुभयो ।

मुख्यमन्त्री यादवले अस्पतालको प्रयोगशाला, आकस्मिक उपचार कक्ष, विभिन्न वार्डको अनुगमन निरीक्षण गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter