यी हुन् सबैभन्दा धेरै र कम जनसंख्या भएका पाँच जिल्ला

विष्णु पाण्डेय / काठमाडौ, चैत्र १० गते। शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौ रहेको छ।

यस्तै कम जनसंख्या भएको जिल्ला मनाङ हो। शुक्रबार सार्वजनिक २०७८ सालको जनगणनाको अन्तिम नतिजाअनुसार जिल्लागत रुपमा काठमाडौं जनसंख्या २० लाख ४१ हजार ५८७ पुग्दा मनाङको जनसंख्या तीन हजार १९२ रहेको छ

जनसंख्या बढी भएका पाँच जिल्ला

२०७८ सालको जनगणनाको सार्वजनिक नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं हो। जसको जनसंख्या वृद्धिद्धर १‍.५१ प्रतिशत रहेको छ। २०७८ सालको जनगणनाको तथ्यांक अनुसार काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ रहेको छ। यो कुल जनसंख्याको ७ प्रतिशत हो।

यस्तै दोस्रो ठूलो जनसंख्या भएको जिल्लामा मोरङ रहेको छ। जहाँको जनसंख्या वृद्धिदर १.६६ प्रतिशत रहेको छ। सार्वजनिक नतिजाअनुसार मोरङ जिल्लाको जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ। यो कुल जनसंख्याको ३.९४ प्रतिशत हो।

तेस्रो धेरै जनसंख्या हुने जिल्लामा रुपन्देही रहेको छ। जसको वृद्धिदर २.३३ प्रतिशत छ। सार्वजनिक नतिजाअनुसार रुपन्देही जिल्लाको जनसंख्या ११ लाख २१ हजार ९५७ रहेको छ। यो कुल जनसंख्याको ३.८५ प्रतिशत हो।

चौंथो धेरै जनसंख्या हुने जिल्लामा झापा रहेको छ। जसको वृद्धिदर १.९७ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार झापाको जनसंख्या नौ लाख ९८ हजार ५४ रहेको छ।

पाँचौ धेरै जनसंख्या भएको जिल्लामा सुनसरी रहेको छ। जसको वृद्धिदर १.८६ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार सुनसरीको जनसंख्या नौ लाख २६ हजार ९६२ रहेको छ।

२०७८ सालको जनगणनाको विवरणअनुसार सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ रहेको छ। जसको ऋणात्मक दर १.३९ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार मनाङ जिल्लाको जनसंख्या पाँच हजार ६५८ रहेको छ। जुन कुल जनसंख्याको ०.०२ प्रतिशत हो।

दोस्रो कम जनसंख्या भएको जिल्लामा मुस्ताङ हो। जसको जनसंख्या वृद्धिदर ०.६९ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार मुस्ताङ जिल्लाको जनसंख्या १४ हजार ४५२ रहेको छ। यो कुल जनसंख्याको १.४७ प्रतिशत हो।

तेस्रो धेरै जनसंख्या भएको जिल्लामा डोल्पा रहेको छ। जसको जनसंख्या वृद्धिदर १.४७ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार डोल्पाको जनसंख्या ४२ हजार ७७४ रहको छ। यो कुल जनसंख्याको ०.१५ प्रतिशत हो।चौंथो धेरै जनसंख्या भएको जिल्लामा रसुवा रहेको छ। जनसंख्या वृद्धिदर ०.७२ प्रतिशत रहेको छ। सार्वजनिक नतिजा अनुसार रसुवा जिल्लाको जनसंख्या ४६ हजार ६८९ रहेको छ। यो कुल जनसंख्याको ०.१६ प्रतिशत हो।

पाँचौ कम जनसंख्या भएको जिल्लामा हुम्ला रहेको छ। जनसंख्या वृद्धिदर ०.८२ प्रतिशत रहेको छ। सार्वजनिक विवरणअनुसार हुम्ला जिल्लाको जनसंख्या ५५ हजार ३९४ रहेको छ। यो कुल जनसंख्याको ०.१९ प्रतिशत हो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter