• Saturday, April 12, 2025

अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु

काठमाडौं, चैत १३ गते। नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ।राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो। प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ।

पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको सङ्घको महासचिव समेत रहनुभएका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले राससलाई जानकारी दिनुभयो।

प्रदर्शनीको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैङ्क टक्सार विभागका प्रमुख सत्येन्द्र सुवेदी, सङ्घका अध्यक्ष दिनेशराज मास्के र महासचिव शाक्यलगायतले मुद्रा सङ्कलनको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो।

नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो। नेपाल राष्ट्र बैङ्कको स्थापना नभए पनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी रु पाँच, १० र १०० का नोट प्रकाशन भएको इतिहास रहेको आयोजक समितिका सदस्य राजु श्रेष्ठले जानकारी दिनुभयो। मुद्राको इतिहास रक्षाका लागि पनि मुद्रा सङ्कलन महत्त्वपूर्ण हुने जनाइएको छ।

प्रदर्शनीमा भारतका मुद्रा सङ्कलकको पनि सहभागिता रहेको छ। गत वर्ष भारतको कोलकातामा पनि यस्तै प्रदर्शनी गरिएको आयोजक समितिका अर्का सदस्य चन्द्ररवि श्रेष्ठले जानकारी दिनुभयो। सङ्घमा हाल तीन सय ५९ सदस्य सक्रिय रहेका छन्। जसले निरन्तररूपमा मुद्रा सङ्कलन गर्ने गरेको जनाइएको छ।

प्रदर्शनी बुधबारसम्म चल्नेछ। प्रदर्शनीमा मुद्रा किनबेच गर्नसमेत पाइने छ। पुराना मुद्राको निश्चित मूल्य नतोकिने भएकाले आपसी समझदारीमा किनबेच गर्न सकिने आयोजक समितिले जनाएको छ। रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter