• Saturday, April 12, 2025

थ्री नेसन्स कप : भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौं, चैत १४ गते। नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइल प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो । नेपालले फाइनलमा अब चैत १७ गते लाओससँग खेल्नेछ ।

खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गर्नुभएको हो । नेपालले भुटानविरुद्ध निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काएको हो । नेपालका लागि दीपकराज सिंहले हेड गोल गर्नुभएको हो । नेपाल र भुटानले एकएकको बराबरी खेलेका हुन् ।

नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो। यता भुटानने पहिलो खेलमा लाओससँग २–१ को हार खेपेको थियो।

नेपाल र भुटानको यो १३ औं खेल हो। १२ खेल जितेको नेपालले १३ औं खेलमा बराबरी गरेको हो । सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा लिगको शीर्ष दुई टोली फाइनल पुगेका हुन् । नेपाल समूह विजेता बन्दै फाइनल पुगेको हो भने लाओस उपविजेता बन्दै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले ५ हजार र दोस्रो हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter