• Saturday, April 05, 2025

साबुन उद्योग सञ्चालन

राधा लुइँटेल / फिदिम, चैत १७ गते । पाँचथरको फालेलुङ गाउँपालिकाका एक युवकले २५ लाख रुपियाँ लगानी गरेर गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याएका छन् ।

पाँच वर्षसम्म मलेसियामा रोजगारी गरेर फर्किनुभएका फालेलुङ–३, ताङ्लेपाका प्रयास केरुङले दैनिक दुई सयवटा साबुन उत्पादन गर्न सक्ने क्षमताको उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

केरुङले सञ्चालनमा ल्याउनुभएको उद्योगलाई ‘फालेलुङ साबुन उद्योग’ नाम दिइएको छ । जुन उद्योगबाट लुगा धुने साबुन उत्पादन गर्न थालिएको हो । साबुन उत्पादनका लागि चाहिने कच्चा पदार्थ विराटनगरदेखि ल्याउने गरेको उहाँले बताउनुभयो । उद्योगबाट २५० ग्रामका साबुन उत्पादन भइरहेका छन् । उत्पादन भएको साबुन प्रतिगोटा ३५ रुपियाँले बिक्री भइरहेको पनि उहाँले सुनाउनुभयो ।

“विदेशमा सिकेको सीपबाट उद्योग सञ्चालनमा ल्याएको छु,” केरुङले भन्नुभयो । युवालाई उद्यमशील बनाउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter