• Tuesday, April 15, 2025

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम

काठमाडौं, वैशाख १९ गते। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको हो। सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भए पनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६ प्रतिशतमा नै सीमित हुने तथ्याङ्क कार्यालयले अनुमान गरेको छ।

गत आर्थिक वर्ष २०७८/७९मा ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो। उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालयको अनुमान छ। तथ्याङ्क कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको बताउनुभयो।

उहाँले नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान रहेको बताउनु भयो। उहाँले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिको अनुमान एसियाली विकास बैङ्क र विश्व बैङ्कले गरेको अनुमान भन्दा कम रहेको पनि बताउनुभयो।

उहाँले तथ्याङ्क बनाउँदा चालु आर्थिक वर्षको तीन महिना मुलुकको अर्थतन्त्र सामान्य रूपमा चल्ने र अर्थतन्त्रमा कुनै अप्ठ्यारो नबनाउने किसिमले तयार बनाएको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा जिडिपीको उपभोक्ता मूल्यमा १.९ प्रतिशत रहने अनुमान रहेको बताउनु भयो।

उहाँले अघिल्लो आर्थिक वर्षमा ५.८ प्रतिशतले जिडिपी वृद्धि हुने अनुमान गरिएको भएपनि यस वर्ष ५.६ प्रतिशतको प्रक्षेपण गरिएको बताउनु भयो। कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.७ प्रतिशत र गैर कृषि क्षेत्रको १.९ प्रतिशत हुने अनुमान गरेको छ। अन्य वर्षहरूको भन्दा यो वर्ष गैर कृषि भन्दा कृषि क्षेत्रको वृद्धिदर बढेको छ।

उहाँले आर्थिक वृद्धिदर कम हुनुमा प्रमुख तीन क्षेत्र कृषि, निर्माण र सेवा क्षेत्रमा आर्थिक गतिविधि कम भएको कारण आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.७ प्रतिशत, निर्माण क्षेत्रको ०.६ प्रतिशत र सेवा क्षेत्रको २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको बताउनुभयो। चालु आर्थिक वर्षमा सेवा क्षेत्रले जिडिपीमा ६२.४ प्रतिशत, कृषि क्षेत्रको २४.६ प्रतिशत र उद्योग क्षेत्रको ५.३२ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ। चालु आर्थिक वर्षमा चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान रहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter