• Wednesday, June 11, 2025

सेनाको सफा हिमाल अभियान जारी

काठमाडौं, वैशाख २६ गते । नेपाली सेनाको अगुवाईमा “सफा हिमाल अभियान-२०२३” अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाई कार्य जारी राखेको छ ।

तीन वटा समूहमा परिचालित टोलीले मिति २०८० वैशाख २४ गतेसम्म विभिन्न हिमालबाट २९ हजार ४०२ केजी फोहोर संकलन गरेको छ । अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदान गर्नुका साथै हालसम्म भैरहेको कार्य प्रगतिबारे जानकारी लिन बलाध्यक्ष रथी सिताराम खड्काले वैशाख २३ गते अन्नपूर्ण आधार शिविरको भ्रमण गर्नुभएको थियो ।

भ्रमणमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि सहभागी हुनुहुन्थ्यो । अन्नपूर्ण हिमाल सफाई कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि सहयोग गरेको छ ।

विश्व वातावरण दिवस जुन ५ तारिखमा सम्पन्न हुने यस अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरण प्रदुषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरुमा थुप्रिएको फोहोर हटाउन केहि सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter