डिजिटल उपकरणको प्रयोगले आँखाको समस्या बढ्दै

सिर्जना खत्री / काठमाडौं,वैशाख ३१ गते । पछिल्लो समय कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता डिजिटल उपकरण मानिसका अत्यावश्यक सामग्री भित्र पर्छन् । यस्ता डिजिटल उपकरणले दैनिकी जति सहज बन्दै गइरहेको छ । मानव स्वास्थ्यमा पर्ने असर पनि उत्तिकै बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ ।

आँखा रोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठले कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता उपकरणको अत्याधिक प्रयोगले कम्प्युटर भिजन सिण्ड्रोमको समस्या बढ्दै गएको बताउनुहुन्छ । यस्ता उपकरणको धेरै प्रयोगले पछिल्लो समय आँखा र शरीरका विभिन्न अंगमा समस्या देखिन थालेको डा. श्रेष्ठको भनाइ छ ।

एक अध्ययनका अनुसार हरेक मानिसले प्रत्येक दिन औसतमा सात घण्टा डिजिटल उपकरण चलाउने गर्दछन् । जसमध्ये ५० देखि ८० प्रतिशत मानिसमा विभिन्न आँखाको समस्या देखिने गर्दछ ।

के हो कम्प्युटर भिजन सिण्ड्रोम ?

कम्प्युटर, ल्यापटप, मोबाइल, जस्ता विद्युतीय उपकरणको अत्याधिक प्रयोगले आँखालगायत शरीरका विभिन्न अंगमा देखिने समस्यालाई कम्प्युटर भिजन सिण्ड्रोम भनिने चिकित्सकको भनाइ छ ।

डिजिटल उपकरणको स्क्रीनबाट निस्कने ब्लु लाइट (निलो प्रकाश)ले यस्तो समस्या निम्ताउने आँखा रोग विशेषज्ञ डा.श्रेष्ठको भनाइ छ ।

लक्षण

कम्प्युटर भिजन सिण्ड्रोमले गर्दा टाउँको दुख्ने, आँखा, गर्दन, घाँटी र शरीर दुख्ने थकाइ लाग्ने, निन्द्र नलाग्ने जस्ता लक्षण लिएर बिरामी अस्पतालमा आउने चिकित्सकको भनाइ छ ।

त्यसका अलाव आँखा सुख्खा हुने, आँखा दुख्ने, चिलाउने, बिझाउने, थाक्ने, रातो हुने र आँखामा स्ट्रेस हुने जस्ता थुप्रै आँखासम्बन्धी समस्या देखिने डा. श्रेष्ठको भनाइ छ ।

सामान्य तय एक मिनेटरमा १५–१६ पटक आँखा झिम्काउनुपर्ने हुँन्छ । पछिल्लो समयमा कामको व्यवस्थाले आँखा नझिम्काई लामो समय स्क्रीनमा लगातार हेर्दा यस्तो समस्या निम्तने गरेको चिकित्सकको बुझाई छ ।

बच्ने उपाय

लामो समय एकै ठाउँमा बसेर डिजिटल सामग्रीको प्रयोग गर्दा कुर्सी प्रयोग गर्नुहुन्छ र आँखा र कम्प्यूटरबीचको दूरी मिलाएर राख्ने डा.श्रेष्ठको सुझाव छ । यसबाट बच्न २० मिनेट काम गरेपछि आँखालाई २० सेकेण्ड विश्राम दिने र २० फिट टाढा हेरेर आँखा झिम्काउन सुझाव छ ।

लामो समय डिजिटल साम्रगीको प्रयोग गर्दा बुलुकट चस्मा लगाउने, आँखा र कम्प्युटरको बीचमा एक हातको दूरी राख्न आँखा रोग विशेषज्ञको सुझाव छ । बाहिरी वातावरणको उज्यालो र कम्प्युटरबाट निस्कने उज्यालो तीन गुण बढी वा तीन गुण कम हुनु हुँदैन । आँखा रोग विशेषज्ञका अनुसार बाहिरी वातावरणको उज्यालो भन्दा कम र बढी उज्यालो कम्युटर हेर्दा बनाउनु हुँदैन । यसले आँखामा असर गर्छ । त्यसका अलावा कम्युटरको स्क्रीन आँखाको लेबल भन्दा तल राख्दा पनि यस्तो समस्याबाट बच्न सकिने चिकित्सको भनाइ छ ।आँखामा यस्ता लक्षण देखिए तुरुन्त आँखा रोग विशेषज्ञलाई देखाउन चिकित्सको सुझाव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter