• Tuesday, April 15, 2025

स्याउ खेतीमा किसानको आकर्षण बढ्दो

शेरबहादुर सार्की / बाजुरा, जेठ १ गते । पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो ।

पहिला बाजुरामा उत्पादन गरेका स्याउले मूल्य नपाउँदा किसानले गाई गोरुलाई खुवाउने गरेका थिए । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउले कतै बजार नपाएर किसान गाईगोरुलाई खुवाउन बाध्य हुन्थे ।

पहिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरे पनि त्यसले कतै बजार नपाउँदा स्याउ खेतीप्रति दिक्दार भएका किसान अहिले फेरि नयाँ स्याउ उत्पादनमा चासो दिएका छन् । अहिले कृषि ज्ञान केन्द्र बाजुराले बैगचामा पुगेर स्याउ विक्रीका लागि समेत अनुदान दिन थालेपछि किसानलाई स्याउ खेतीप्रति आकर्षित भएको स्थानीय कृषकको भनाइ छ ।

अहिले स्थानीय तहले पनि स्याउ खेतीलाई प्राथमिकता दिन थालेको छ । बाँझो जमिन सदुपयोग गर्नेगरी विभिन्न स्थानीय तहले किसानलाई स्याउ खेतीमा उत्प्रेरित गर्दैआएका हुन् । ज्ञान केन्द्र बाजुराले यतिबेला बारीबाट नै स्याउ उठाउन थालेपछि अहिले स्याउ खेतीमा आकर्षण बढ्दैगएको बाजुराका स्याउ किसानको भनाइ छ । पहिला बाजुराको स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुनेगरेको थियो ।

अहिले हिमाली गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुरामा १७० हेक्टर जमिनमा अहिले स्याउ खेती हुन्छ । गत वर्ष बाजुरामा १ हजार २० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला बाजुरामा थोरै स्याउ उत्पादन हुन्थ्यो, त्यो स्याउ पनि बिक्री नभएर किसान गाई गोरुलाई खुवाउँथे । अहिले जिल्लामा उत्पादन भएको अर्गानिक स्याउ कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा देशका विभिन्न सहरमा बिक्री हुनेगरेको छ ।”

पहिला लोकल स्याउ मात्र उत्पादन हुनेगरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुनेगरेको छ । विगत केही वर्ष यता बाजुरामा उत्पादन भएको झण्डै ६ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदैआएको सूचना अधिकारी जैशीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter