• Tuesday, April 15, 2025

शोधान्तरमा उल्लेख्य सुधार : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, जेठ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न सरकारले चालेका कदमहरूको कारण अहिले शोधान्तरमा उल्लेख्य सुधार आएको बत्ताउनुभएको छ ।

सोमबार यहाँस्थित नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैङ्कद्वारा आयोजित “अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा” कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बत्ताउनुभएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले विदेशी मुद्राको सञ्चिति बढेको र तरलता र ब्याजदरलगायतका अन्य कतिपय परिसूचकहरूमा समेत सुधार आएको बत्ताउनुभयो ।

उहाँले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन सक्दैन। सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रूपमा लागेको बताउनुहुँदै भन्नुभयो, “भ्रष्टाचारीहरूलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यबद्धता जनाउनुभएकोमा म सरकारको तर्फबाट सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसका साथै भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौँ।”

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter