• Monday, June 16, 2025

नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्छ : प्रधानमन्त्री

काठमाडौं, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गर्नुभएको हो ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्नुहुँदै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएको पनि जानकारी दिनुभयो ।

‘‘प्रस्तुत नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको छ । यस नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएका छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘निश्चय पनि यस दस्ताबेजमा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता पनि दिइएको छ । त्यसकै आधारमा मात्रै यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क सङ्गत हुँदैन । किनभने यो नीति तथा कार्यक्रममा थुप्रै नयाँ कार्यक्रमहरू पनि समावेश गरिएका छन् । जो आजको देशको आवश्यकतासँग सम्बन्धित छ ।’’

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधारमा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क सङ्गत नहुने जिकिर गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा नयाँ योजनाहरू राखेको बताउनुभयो । प्रधानमन्त्रीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो नीति तथा कार्यक्रम तयार पार्दै गर्दा हामीले दुई वटा गठबन्धन म प्रधानमन्त्री भएपछि बने, पहिलो र दोस्रो गठबन्धन, पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भनेर घोषणा गरिएको थियो, दोस्रोले पहिलाको समेतलाई ध्यानमा राखेर अर्को तयार पारेको हो । यो नीति कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको हो । हामीले साझा नीति तथा कार्यक्रम सामूहिक रूपले निर्माण गर्‍यौँ ।’’

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरूको सन्तुलन मिलेको दाबी गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter