• Sunday, May 25, 2025

सेनाले हतियार खरिद गर्ने योजना बनाएको छैन : प्रधानसेनापति शर्मा

मित्र भण्डारी / काठमाडौं, जेठ १२ गते। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनासँग आवश्यक हतियार पर्याप्त रहेको बताउँदै नयाँ हतियार खरिद गर्नेबारे कुनै सोच नभएको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय शान्ति सेना दिवसको अवसरमा पञ्चकालीमा आयोजना गरिएको विशेष समारोहलाई विशेष सम्बोधन पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सेनापति शर्माले नेपाली सेनालाई हतियार खरिद गर्नुपर्ने जरुरी नरहेको स्पष्ट पार्नुभयो। सेनापति शर्माले भन्नुभयो, ‘‘हामीसँग आवश्यक हतियार पर्याप्त छन्, नयाँ हतियार खरिद गर्नुपर्ने कुनै जरुरी नै छैन।’’

उहाँले नियोजित रूपमा सेनाले हतियार खरिद गर्न थाल्यो भनेर दुष्प्रचार भइरहेको उल्लेख गर्दै सेनालाई आवश्यक नै नभएका हतियार खरिद गर्न थाल्यो भन्ने दुष्प्रचारको पछाडि कुनै नियोजित स्वार्थ लुकेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो।

नेपाली सेनाको हतियार खरिद गर्ने छुट्टै प्रक्रिया छ। नेपाली सेनालाई थप हतियार खरिद गर्नुपर्ने भए त्यसको आवश्यकता पुष्टि हुने गरी अवधारणा पत्र नै तयार गरी सरकारबाटै स्वीकृत गराउनुपर्छ।

हतियार खरिद गर्ने योजना भए त्यसको औचित्य पुष्टि हुनेगरी अवधारणापत्र तयार गरी रक्षा मन्त्रालयमा पेस गर्ने चलन छ। रक्षा मन्त्रालयले त्यस्तो आवश्यकता देखेमा नेपाल सरकार मन्त्रिपरिषदमा पेस गरी निर्णय गराउनुपर्छ। हतियार खरिद गर्ने र किन्ने दुई देशबीच सरकारी तहमै दुई पक्षीय सम्झौतापछि मात्र खरिदको प्रक्रिया अघि बढ्छ।

सेनापति शर्माले नेपाली सेना, रक्षा मन्त्रालय तथा नेपाल सरकारबीच हतियार खरिद गर्ने बारे कुनै छलफलसमेत नभएको स्पष्ट पार्नुभयो।

उहाँले थप स्पष्ट पार्नुभयो, ‘‘कुनै स्वार्थ समूहको योजनालाई प्रश्रय हुनेगरी नेपाली सेनाले हतियार खरिद गर्न थाल्यो भनेर दुष्प्रचार भइरहेको छ। हतियार खरिद गर्न सेनासँग आवश्यक न त बजेट छ, न त कुनै योजना नै बनेको छ। हामीसँग आवश्यक हतियार रहेकाले थप हतियार खरिद गर्नुपर्ने कुनै जरुरी नै छैन।’’

यहाँले नियोजित रूपमा प्रचार गरिएजस्तो अर्बौँ रुपियाँ रकमको हतियार खरिद गर्न सम्भव नै नरहेको बताउनुभयो। छिमेकी मुलुकको नाम जोडेर सेनाले हतियार खरिद गर्न बैङ्किङ प्रक्रिया अघि भन्ने प्रचारबाजीलाई पुष्टि गर्नसमेत उहाँले चुनौती दिनुभयो।

सेनापति शर्माले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा आवश्यक स्पेयर पार्टबाहेक नयाँ हतियार तथा बख्तरबन्द जस्ता सैन्य हतियार र उपकरण खरिद गर्ने कुनै सोचसमेत नभएको स्पष्ट पार्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter