• Thursday, June 12, 2025

एसडिजी स्तरोन्नतिमा सहकार्य प्रस्ताव

काठमाडौँ, जेठ १२ गते । मुलुकको दिगो विकास लक्ष्य (एसडिजी) र विकासशीलमा स्तरोन्नतिको प्रयासमा नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सहकार्य गर्ने चासो देखाएको छ । महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर हमदीबिच आज महासङ्घ सचिवालयमा भएको भेटमा यसबारे छलफल भएको महासङ्घले जनाएको छ ।

उक्त भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ । साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँग पनि सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।

अध्यक्ष ढकालले मुलुकभर स्थापित बलियो सञ्जाल र तल्लो तहसम्म पुग्न सक्ने संरचना महासङ्घको भएको उल्लेख गर्दै दिगो विकास लक्ष्य पूरा गर्न महासङ्घ साझेदार बन्न सक्ने बताउनुभयो ।

आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको उल्लेख गर्दै यो क्षेत्रमा महासङ्घको भूमिका प्रभावकारी हुने उहाँको धारणा थियो ।

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न सक्ने उहाँले बताउनुभयो ।

सो अवसरमा महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले दिगो विकासका लक्ष्यहरू र आर्थिक स्तरोन्नतिमा महासङ्घका तर्फबाट अहिलेसम्म भएका प्रयासका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

उक्त औपचारिक भेटवार्तामा संयुक्त राष्टसङ्घ नेपाल कार्यालय र महासङ्घ सचिवालयका अधिकारीको उपस्थिति थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter