• Friday, June 13, 2025

राष्ट्रको हितका लागि सबै दल एक ठाउँमा उभिनु जरुरी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ १३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।

शनिबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका रहे पनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले जनताको हीतमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका छन्। सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ। तर राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हर्ने हो भने हामी कतै न कतै एक ठाउँमा उभिनु आवश्यक छ। प्रधानमन्त्रीको हैसियतले मैले हुनतः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरु छन्। तर त्यो भन्दामाथि राष्ट्र र जनता हो, त्यसकारण जनताका हितमा काम गर्न एक हुनुपर्छ।’’

प्रधानमन्त्री प्रचण्डले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पार्नुभयो। उहाँले अहिले देशका अघि रहेका समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter