• Thursday, June 12, 2025

अडानद्वारा २१ बुँदे प्रस्ताव पारित

काठमाडौं, जेठ १४ गते । नेपाल अडिटर्स एसोसिएसन (अडान) केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक २१ बुँदे प्रस्ताव जारी गर्दै सकिएको छ ।

शनिबार काठमाडौँको बानेश्वरमा बसेको संयुक्त बैठकले भुटानी शरणार्थी प्रकरणमा दोषीले सजाय पाउनुपर्ने, राष्ट्रिय उत्पादनको बजार सुनिश्चित गर्नुपर्ने तथा देशको वर्तमान आर्थिक स्थितिको सुधार र सत्य, तथ्य छानबिन बिना लेखापरीक्षकलाई प्रहरीद्वारा पक्राउ गर्ने काम रोक्ने विषयमा बैठकले सरकारसमक्ष माग गर्ने निर्णय भएको अडानका प्रचार प्रसार विभाग एवम् प्रथम उपाध्यक्ष डोल प्रसाद दाहालले बताउनुभयो ।

यस्तै, अन्य विषयमा पछिल्लो समय देशमा काम पाउने स्थिति नभएर विदेशमा जानुपर्ने बाध्यात्मक परिस्थिति भएकाले आगामी दिनमा यसले निम्त्याउने समस्याप्रति सचेत रहनसमेत सरकारसँग माग गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च घटाई पुँजीगत खर्चमा वृद्धि गर्नुपर्ने माग पनि अघि सरिएको छ ।

देशको विकासमा आर्थिक सुशासन कायम गर्न, देशमा विभिन्न बेथिति मौलाउन नदिन राज्यका सबै निकाय जनतासँग जोडिएका साझा समस्याहरूप्रति गम्भीर भई उत्तरदायित्व हुन सरकारसँग माग गर्ने निर्णय भएको दाहालले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter